Comments Add Comment

आर्थिक समाचार: कर छुटमा नेपाल उदार

३० जेठ, काठमाडौं । सार्क मुलुकहरु मध्ये कर छुट दिनेमा नेपाल बढी उदार देखिएको छ । ग्लोवल ट्रयाक्स रेट सर्भेले कर छुटको रकम र प्रतिव्यक्ति आयको अनुपात सार्कका अन्य मुलुकको तुलनामा नेपालमा उच्च रहेको देखाएको छ । नेपालमा कर छुटको रकम र प्रतिव्यक्ति आयको अनुपात ३.४४ छ भने त्यसपछि बढी भएको मुलुक पाकिस्तानको २.७९ रहेको छ । सबै भन्दा कम श्रीलंकाको १.०३ रहेको छ ।

कर छुटमा नेपाल उदारलाई कारोवार दैनिकले मुख्य समाचार बनाएको छ । कतारको श्रमस्वीकृति लिने चार गुण घटेलाई पनि कारोवारले उल्लेख गरेको छ ।

स्थानिय तहमा दुई महिनाभित्र बैंक पुर्याउन  व्यवस्थापिका संसदको विकास समितीले निर्देशन दिएको प्रसंगलाई नागरिकले मुख्य समाचार बनाएको छ । जहाज किन्न नागरिक लगानी कोषसँग ऋण सम्झौतालाई पनि नागरिकले लेखेको छ ।

एनसेल प्रकरणका सन्दर्भमा विद्याधर मल्लिकको असुलीमा सरकारको हात माति छ भन्ने लेखलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ ।

दुई महिनाभित्र सबै स्थानिय तहमा बैंकलाई पनि अन्नपूर्णले लेखेको छ । वाइडबढी किन्न २४ अर्ब जुट्योलाई पनि अन्नपूर्णले लेखेको छ ।

सन २०१७ मा नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रोलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । एयरबस किन्न वित्तीय व्यवस्थापनलाई पनि अभियानले लेखेको छ ।

सगरमाथा चुचुरो नपुगी फर्किए १ सय ८० विदेशी आरोहीलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । नेवानीले लियो सञ्चयकोष र लगानी कोषवाट ऋणलाई लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment