+
+
Shares

मनसुन सुरु, तीन दिनभित्र मुलुकभर सक्रिय हुने

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३१ गते ६:१५

३१ जेठ, काठमाडौं । नेपालमा गत वर्षभन्दा तीन दिनअगाडि मनसुन सुरु भएको छ । गत वर्ष १५ जुनमा नेपालमा प्रवेश गरेको मनसुन यस वर्ष भने १२ जुनमा नै नेपालको पूर्वी भागबाट प्रवेश गरेको जल तथा मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘गत वर्ष पाँच दिन ढिलो गरी १ असार अर्थात १५ जुनमा नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरेको थियो,’ महाशाखाका मौसमविद समीर श्रेष्ठले राजधानीसँग भने, ‘यस वर्ष सामान्य अर्थात १० जुनअघि नै मनसुन प्रवेश गर्ने पूर्वानुमान भए पनि बंगालको खाडीमा मनसुनी वायु रुमलिँदा दुई दिनपछि सर्दै नेपालमा मनसुन प्रवेश गरेको छ ।’

नेपालमा विशेष गरी बंगालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने बताउँदै उनले बंगालको खाडीबाट गत साता उत्तरतर्फ सरेको मनसुन सोमबार राति नेपालमा प्रवेश गरेको बताए । उनका अनुसार अबको तीन दिनमा मुलुकभर मनसुन सक्रिय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?