+
+

२० वर्षपछि महानगरमा नेपाल भाषा, लिपि भने देवनागरी नै

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १ गते ६:४३

१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी कामकाजको भाषाका रुपमा नेपाल भाषा प्रयोग गर्न थालेको छ । महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले नै नेपाल भाषालार्य मान्यता दिने निणृय गरेपछि हाल नेपाल भाषा प्रयोग गर्न थालिएको हो ।

महानगरपालिकाको वडा १८ र २३ मा नेपाल भाषामा सरकारी कामकाज गर्न थालिएको छ । वडा १८ का नवनिर्वाचित अध्यक्ष न्हुँछेकाजी महर्जनले नेपाली भाषामा मात्रै लेखिने निवदेन अब नेपाल भाषाबाट पनि दिन सकिने बताए ।

उनले सरकारी कार्यालयमा मातृभाषा प्रयोगका पक्षमा हुँदै आएको आन्दोलन सम्बोधन गर्न नेपाल भाषा प्रयोग गर्न थालिएको बताएको राजधानी दैनिकमा खबर छ ।

तर, हाल प्रयोगमा ल्याइएको नेपाल भाषाको लिपि भने देवनागरी नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?