Comments Add Comment

स्वास्थ्य मन्त्रालयद्वारा सचिव बढुवाका लागि ९ जना सिफारिस

१ असार, काठमाडौ । स्वास्थ्य मन्त्रालयले सचिवमा बढुवाको लागि नौ जनाको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेमा जिल्ला जनस्वास्थय कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र प्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखा प्रमुख डा. भीमसेन टिङ्गकरी, वीर अस्पतालका डा. केदार सेन्चुरी तथा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. किरण रेग्मी रहेका छन् ।

बढुवाका लागि डा. पुष्पा चौधरी, डा. दिनेश श्रेष्ठ, डा. विनोद मान श्रेष्ठ, डा. रोशन पोखरेल तथा डा. दीपेन्द्र रमण सिंहको नाम यस अघि नै मन्त्रालयले सिफारिसको लागि पठाईसकेको छ ।

स्वास्थ्य सचिवका लागि सिफारिस गर्न गठित बढुवा समितिले सचिवका लागि योग्यता पुगेका सबैको विवरण माग गरेपछि स्वास्थ्य मन्त्रालयले डा. किरण रेग्मी सहित नौ कर्मचारीको नाम सिफारिस गरेको थियो । नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा बस्ने समितिको वैठक अहिले चार बजे बस्ने कार्यक्रम छ ।

‘१२ औ तहमा कार्यरत वा ११ औ तहमा रहेर ५ वर्ष काम गरेका जो कसैलाई सचिवमा बढुवा सक्ने निजामति ऐनको व्यवस्था अनुसार आज नौ जनाको नाम सिफारिस गरिएको हो’, मन्त्रालयका बढुवा शाखाका उपसचिव बाबुराम खनालले भने ।

यस अघि स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थय मन्त्रालयको सचिवमा १२ औ तहकी एकमात्र दावेदार डा. किरण रेग्मीको नाम सिफारिस गरेको थियो । सबै कर्मचारी ११ औ तहको र १२ औ तहमा अन्य बढुवा नभएको भन्दै स्वास्थ्य मन्त्री थापाले डा. रेग्मीको नाम सचिवका लागि सिफारिस गरेका थिए ।

‘१२ औ तहमा कार्यरत वा ११ औ तहमा रहेर ५ वर्ष काम गरेका जो कसैलाई सचिवमा बढुवा सक्ने निजामति ऐनको व्यवस्था अनुसार विहीबार ९ जनाको नाम सिफारिस गरिएको हो’, मन्त्रालयका बढुवा शाखाका उपसचिव बाबुराम खनालले भने ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बढुवाका लागि सिफारिस हुनेमा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. किरण रेग्मी प्रमुख दावेदार रहेकी छिन् । १२ औ तहमा बढुवा भएर सचिवमा सिफारिस हुने उनी मात्र एक हुन् ।

११ औ तहमा रहेर ५ वर्ष काम गरेकालाई सचिवमा बढुवा गर्न पाउने निजामति ऐनको व्यवस्था अनुसार अन्य आठ जना पनि उत्तिकै दावेदार मानिएका छन् ।

११ औ तहकै आधारमा सचिव पद पाउनेमा डा. पुष्पा चौधरी, डा. दिनेश श्रेष्ठ तथा डा. विनोदमात्र सिंह पनि प्रमुख दावेदार रहेका स्रोतको भनाईछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment