Comments Add Comment

निरु र कमलको ‘लखपति माग्ने’


छायांकार सबनम मुखियाले कमलमणी नेपाल र निरु खड्कालाई मुख्य भुमिकामा लिएर चलचित्र ‘लखपति माग्ने’ बनाउने भएकी छिन् । प्रथम नायिका भूवन चन्दको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ‘लखपति माग्ने’को शुभसाइत गरिएको थियो ।

सवनम मुखीयाको लेखन/निर्देशनमा बन्ने ‘लखपति माग्ने’को भदौ पहिलो सातादेखि सुटिङ सुरु हुने भएको छ । कमलमणी नेपाल एवं निरु खड्का बाहेक अन्य कलाकार छनौट हुन बाँकी रहेको सबनमले बताइन् ।

चलचित्रमा सन्तोष श्रेष्ठको संगीत एवं शान्तिप्रियको गीत रहनेछ । हाँस्यरसमा आधारीत चलचित्र रोमान्टीक हुने लेखक निर्देशक मुखीयाले बताइन् । चलचित्रका निर्माता नरेन्द्र महर्जन तथा प्रकाशचन्द्र महर्जन छन् ।

सोही कार्यक्रमा चलचित्र ‘जुभिनाइल’को दुई गीत पनि सार्बजनिक गरिएको छ । जुभिनाइल सवनमले निर्देशन गरेको लघु चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment