Comments Add Comment

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, कुन कति सस्तियो ?

१८ असार, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यासको पनि मूल्य घटाइएको छ ।

निगमले तीनवटै पेट्रोलियम पदार्थमा २/२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ ।

यसअघि १०० रुपैयाँ प्रतिलिटरको पेट्रोलका २ रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

यस्तै डिजेल र मट्टितेल लिटरमा २/२ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७६ रुपैयाँमा पाइन्थ्यो ।

खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि घटाइएको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।

आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ । यसअघि ८६ रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अब ८४ रुपैयाँ हुनेछ । अब हवाइ भाडा समायोजन पनि हुनेछ ।

त्यसैका आधारमा निगमले उच्च नाफा राख्न नहुने निश्कर्ष निकालेर तेल सस्तो बनाएको पोखरेलले बताए । असार २ गते पनि निगमले मूल्य घटाएको थियो । निगमलाई नयाँ मूल्य कायम गर्दा झण्डै ८० करोड रुपैयाँ नाफा रहनेछ ।

‘उपभोक्तालाई राहत दिने गरी मूल्य घटेको छ । हामी उपभोक्तालाई राहत दिन प्रयत्नरत छौं’ प्रवक्ता पोखरेलले भने ।

अब मूल्य समायोजनपछि निगमलाई पेट्रोलमा लिटरको ७ रुपैयाँ ३० पैसा नाफा छ । त्यसैगरी डिजेलमा निगमलाई प्रतिलिटर १ रुपैयाँ ५० पैसा, मटितेलमा १८ रुपैयाँ र हवाइ इन्धनमा १० रुपैयाँ नाफा छ ।

त्यसैगरी ग्यासमा निगमलाई प्रतिसिलिन्डर ३९ रुपैयाँ नाफा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment