हामीले काम नलाग्ने भनी मिल्काइएको सामग्रीहरुलाई फरक साजसज्जामा प्रयोगमा ल्याउन सकिन्छ । जस्तो कि, गाडी/मोटरसाइकलको टायर ।
कतिको घरमा गाडी होला, कतिको घरमा मोटरसाइकल/स्कुटर । एउटा निश्चित अवधीपछि टायर काम लाग्दैन । टायरमा प्रयोग भएको रबर पुन प्रयोगमा नआउने भएकाले त्यसका कम्पनीहरुले फिर्ता लिदैन । त्यसैले यस्तो टायर फोहोरको रुपमा जम्मा हुन्छ, जसलाईव्यवस्थापन गर्न समेत गाह्रो हुन्छ ।
तर, तपाईले एउटा यस्तो उपायअपनाउन सक्नुहुनेछ,जसले टायर मिल्काउने होइन, सजाउने बस्तुको रुपमा परिवर्तन हुन्छ । खासगरी पुराना टायरलाई तपाईले आफ्नो बगैंचा, करेसाबारीमा सजाउन सकिनेछ । यसलाई सजाउन कुनै गाह्रो छैन ।
त्यसका लागि टायरमा रंग रोगन गर्न सकिन्छ । टायरलाई रंगीन बनाएपछि त्यसलाई बगैंचामा सुहाउँदो हिसाबले राख्नुपर्छ । त्यसमाथि कुनैपनि किसिमको फूल, बिरुवा रोप्न सकिन्छ ।
प्रतिक्रिया 4