+
+
Shares

बाढीले डोल्पामा लाखौँको क्षती

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २७ गते १४:२३

२७ असार, डोल्पा । अविरल बर्षाका कारण आएको बाढीले डोल्पामा लाखौँको क्षती पुर्‍याएको छ ।

त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं. ३ सुँनपानी बस्तीका किसानहरुको खेतबारीमा लगाइएको तरकारी,फलफूलका बोटसहित पाँच रोपनी बराबरको जग्गानै बगाएपछि लाखौँको क्षती भएको स्थानीयले बताएका छन् ।

बाढीले लटरम्म फलेका कागती,भोगटे,अनार लगायत तरकारी सहितको पाँच रोपनी जग्गा बगाएपछि बस्तीका १३ घरधुरीको सात लाख धेरैको क्षती भएको स्थानीय तुलबहादुर धरलाले बताए ।

धरलाले क्षतीपूर्तीका लागि सम्बन्धित निकायमा माग समेत गरे । ‘प्रत्येक बर्ष त्यही जग्गाबाटै तरकारी तथा फलफूल बेचेर एक घरको बार्षिक एकदेखि दुई लाखसम्म आम्दानी हुन्थ्यो,अहिले आधा जग्गा बाढीले लग्यो,यस वर्षदेखि आम्दानी पनि घट्ने भयो ।’ स्थानीय जय बहादुर धरलालले भने ।

बाढीले घरछाउन राखेको जस्तापातामा समेत बगाएको छ । राती आएको बाढीले जहाजबाट प्रति किलो एक सय पाँच रुपैँया तिरेर ल्याएको बाह्र क्वीन्टल बराबरको जस्तापाता बगाएको पीडित कृष्ण बुढाले बताए ।

सुनपानीँ बस्ती तरकारी,फलफूल लगायत नगदेबाली उत्पादनमा जिल्लामै उत्कृष्ट बस्तीका रुपमा चिनिँदै आएको छ ।

रामचन्द्र न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?