Comments Add Comment

प्रिमियरमा छल्किएको ‘धुर्मुस-सुन्तली’को प्रेम


वुधबार बेलुकी काठमाण्डौको कुमारी हलमा आयोजित चलचित्र ‘म यस्तो गीत गाउँछु’को प्रिमियरमा निकै रमाइला दृश्यहरु देखिए । जसमध्ये, हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको रोमान्स पनि एक थियो ।

पि्रमियरका लागि तयार पारिएको स्टेजमा चढेर यी दुइले एक अर्कासँग रोमान्स गरे । सुन्तलीले धुर्मुसका लागि गीत गाइन् । धुर्मुसले सुन्तलीसँग पोज-पोजमा तस्बिर खिचाए ।
मिडियाको क्यामेरा अगाडि घेरिएको यो जोडीको रोमान्सले धेरैको ध्यान खिचेको थियो । ‘नमुना नेपाल’ बनाउने योजनाका साथ अगाडि बढेको यो जोडी सरकारले जग्गा प्रदान गर्ने वित्तिकै काम अगाडि बढाउने बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment