Comments Add Comment

‘लिला’ प्रचारमा संचिता


नायिका संचिता लुइटेलका लागि भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिला’ महत्वपूर्ण देखिएको छ । संचितालो यो चलचित्रको प्रचारमा राम्रै साथ दिने देखिएको छ । चलचित्र रिलिजको डेढ महिना बाँकी रहँदा यो चलचित्रको यूनिटले प्रचारको सुरुवात गरेको छ ।

समाजसेवाबाट चलचित्रको प्रचार थालिएको निर्माणपक्षले बताएको छ । पशुपतिस्थित वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाना खुवाएर चलचित्रको प्रचार सुरु गरिएको हो ।

चलचित्रकी नायिका संचिता लुइटेल, कलाकार राज कटुवाल, निर्माता सीपी पौडेल, हाँस्य कलाकार देविराम पराजुली, निर्माता लक्ष्मण बस्नेत, निर्देशक रमेश कोइराला लगायतले वृद्धवृद्धालाई खाना खुवाएका थिए ।

सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । कलाकार सिपी पौडेल यसका कार्यकारी निर्माता हुन्, भने लक्ष्मण बस्नेत, विमला घिमिरे निर्माता रहेका छन् । चलचित्रको लेखन लक्ष्मण बस्नेतले नै गरेका हुन् ।
चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment