Comments Add Comment

साइलेन्ट किलर यी ५ रोग, कस्ता व्यक्ति खतरामा ?

केहि यस्ता रोग हुन्छन्, सुरुवाती अवस्थामा जसको कुनै संकेत देखिदैन । जब त्यसको लक्षण देखापर्न थाल्छ, त्यसबेलासम्म यो निकै गंभिर अवस्थामा पुगिसकेको हुन्छ । त्यसैले यस्ता संभावित खतराबाट बच्नका लागि लक्षण पर्खेर बस्ने होइन । बरु, नियमित स्वास्थ्य जाँच गर्नुपर्छ । यहाँ त्यस्तै पाँच किसिमका रोगबारे चर्चा गरिएको छ, जसको सुरुवातमा संकेत देखिदैन । यद्यपी यो निकै खतरनाक हुन्छ ।

साइलेन्ट हार्ट अट्याक्ट

यस किसिमको हार्ट अट्याक्टमा लगभग एक चौथाई अवस्थामा कुनै लक्षण देखिदैन, सुरुवाती अवस्थामा । कहिले कहिं त सामन्य अवस्थामा सुतेकै मान्छेको मृत्यु हुन सक्छ ।

यसको खतरा त्यही व्यक्तिलाई हुन्छ, जो मोटोपन, मधुमेहका रोगी हुन् । साथै धेरै मदिरापान गर्ने, चुरोट पिउने र शारीरिक रुपमा सक्रिय नहुने व्यक्तिलाई यस किसिमको हार्ट अट्याक्ट हुन सक्छ ।

यसबाट बच्नका लागि नियमित कोलोस्टोर र रक्तचाप परीक्षण गर्नुपर्छ । स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । नियमित व्यायाम गर्नुपर्छ ।

एचआइभी भाइरस

यस भाइरसको कारण एड्स हुनसक्छ । सुरुवाती दिनमा यसको कुनै लक्षण देखिदैन । संक्रमणपछि भने ज्वरो जस्ता लक्षण देखिन सक्छ । एक भन्दा बढी सेक्स पार्टनर भएका, असुरक्षित शारीरिक सम्बन्ध बनाउने, जथाभावी सुईको प्रयोग गर्ने यसको जोखिममा हुन्छन् ।

यसबाट बच्नका लागि असुरक्षित यौन सम्पर्कबाट बच्नुपर्छ । एक पटक प्रयोग गरिएको इन्जेक्सन दोस्रो पटक प्रयोग गर्नु हुँदैन ।

मधुमेह

मधुमेहको लक्षणलाई हामीले खासै गंभिरतापूर्वक लिदैनौ । धेरै तिर्खा लाग्नु, थकाइ लाग्नु, कमजोरी महसुष हुनुलाई सामान्य मानिन्छ । जबकी यो मधुमेहको लक्षण हुनसक्छ । मधुमेह वंशानुगत रुपमा पनि दोस्रो पुस्तामा आउन सक्छ । साथै अस्वस्थ्य जीवनशैलीको कारण मधुमेहको भय हुन्छ । धेरै चिल्लो, वोसोयुक्त, गुलियो खानेकुरा सेवन गर्नेहरु मधुमेहको जोखिममा हुन्छन् ।

यसबाट बच्नका लागि स्वस्थ्य खानपान आवश्यक हुन्छ । नियमित व्यायाम गर्नुपर्छ । चुरोट, मदिरा सेवन गर्नुहुन्न । नियमित स्वास्थ्य जाँच गर्नुपर्छ ।

पेन्क्रियाटिक क्यान्सर

यो एड्भान्स स्टेजसम्म नपुगेसम्म कुनै संकेत देखिदैन । जब यो गंभिर अवस्थामा पुग्छ, त्यसबेला मात्र रोगका लक्षणहरु देखा पर्छ । सामन्यत, जन्डिस, पेट दुख्ने, तौल घट्ने जस्ता लक्षण पेन्क्रियाटिक क्यान्सरको पनि हुनसक्छ ।

परिवारमा कसैलाई यो रोग छ भने अरु सदस्यमा पनि त्यसको संभावना रहन्छ । साथै धुमपान गर्ने, मोटोपन भएकाहरु यसको जोखिममा हुन्छन् । यसबाट बच्नका लागि तौल सन्तुलन गर्नुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । धेरै तारेको, भुटेको र मसलेदार खानेकुरा खानु हुँदैन ।

डीप वेन थ्रम्बोसिस

पेटको कुनै नसामा रगत जम्न सक्छ । यो फोक्सोमा पुगेर रगतको बहाव रोकिदिन्छ । यसले ज्यान लिनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment