Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः निर्वाचन विधेयक रोक्न देउवाको दबाबदेखि राजपा चुनावमा जान सहमतसम्म

२८ साउन, काठमाडौं । कांग्रेसले भ्रष्टाचारमा जेल बिताएका व्यक्तिलाई पनि उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेपछि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक संसद्को राज्य व्यवस्थाअ समितिमा रोकिएका छन् । निर्वाचन आयोगले दुवै तहका निर्वाचन मिति भदौ १ गतेभित्र तोक्नुपर्ने माग गरिरहेका बेला सरकारले भने निर्वाचनसम्बन्धी विधेयक तत्काल अघि नबढाउन राज्यव्यवस्थालाई दबाब दिएको समाचार आजका पत्रपत्रिकाले लेखेका छन् ।

संविधान संशोधन विधेयकलाई संसद्मा निर्णयार्थ पेस गर्ने सरकारको तयारीमा राष्ट्रिय जनता पार्टी सहमत भएको खबरलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् । सरकारी वार्ता टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच शुक्रबार साँझ भएको वार्ता पनि टुंगोमा पुग्न नसके, सप्तरीमा बाढीले १५ सय घर डुबानमा परेकोलगायत खबरलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले अनसनरत डा. गोविन्द केसीको माग पूरा हुने भएको लेखेको छ । निर्वाचन विधेयक रोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले दबाब दिएकोदेखि बाबुराम भट्टराई एक्लिँदै गएकोसम्मका खबर आज अन्नपूर्ण पोस्टले लेखेको छ ।

कान्तिपुर दैनिकले अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारबीचको वार्ता निष्कर्षविहीन बनेको जनाएको छ । राजपा चुनावमा आउन सहमत भएको खबरलाई पनि कान्तिपुरले छापेको छ ।

नागरिक दैनिकले बाढीका कारण सप्तरीका १५ सय घर डुबानमा परेको र ३ सय घर विस्थापित भएको लेखेको छ भने नयाँ पत्रिका दैनिकले राजपा निर्वाचनमा जान सहमत भएको विषयलाई मुख्य खबर बनाएर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment