+
+

कर्मचारीलाई गृहको निर्देशन- मनसुन अवधिभर जिल्ला नछाड्नू

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २९ गते १८:३७

२९ साउन, काठमाडौं । गृहमन्त्रालयले मनसुन अवधिभरआफू मातहतका कर्मचारीहरुलाई विदा नबस्न निर्देशन दिएको छ । बाढी पहिरोको विपत्ती आइपरेको बेला विदा नबसी काममा सकृयतापूर्वक लाग्न गृहले निर्देशन दिएको हो ।

गृहमन्त्रालयका प्रवक्ता दीपक काफ्लेले अनलाइनखबरसँग भने, ‘बाढीपहिरो र डुबान प्रभावित जिल्लाका सबै सीडीओ कार्यालयमार्फत् जिल्ला नछाड्न र विदा नबस्न भनेका छौं ।’

बाढी पहिरो पीडितको उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक लाग्न पनि गृहले निर्देशन दिएको छ ।

गृहका अनुसार शुक्रबारदेखिको अबिरल वर्षाको कारण १८ जिल्ला पूर्णरुपमा प्रभावित भएका छन् । ति जिल्लामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । कैयौं सम्पर्कविहीन छन् ।

विवरण संकलन कार्य जारी रहेकाले हताहतीको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?