Comments Add Comment

प्रभासको ‘साहो’मा श्रद्धा फाइनल


लामो समयको चर्चापछि अन्ततः साउथ सुपरस्टार प्रभासले अभिनय गर्न लागेको चलचित्र ‘साहो’का लागि नायिका फाइनल गरिएको छ । यो चलचित्रमा सुरुवातमा साउथकी चर्चित नायिका अनुष्का सेट्टीले काम गर्ने चर्चा थियो । तर, अनुष्काको तौल धेरै भएको भन्दै उनलाइ चलचित्रबाट निकालिएको चर्चा पनि चल्यो ।

तर, ३ वटा भाषामा बन्न लागेको चलचित्रका लागि बलिउड नायिका श्रद्धा कपुर फाइनल भएकी छिन् । यो चलचित्र हिन्दी, तामिल र तेलुगु भाषामा बन्नेछ । अब, पहिलो पटक साउथका सुपरस्टार र बलिउडकी चर्चित नायिकाले एकसाथ पर्दामा रोमान्स गर्नेछन् ।

चलचित्रका निर्माताले भारतीय मिडियासँग कुरा गर्दै श्रद्धासँग चाडै नै चलचित्रको छायांकन सुरु गर्न चाहेको बताएका छन् । यो चलचित्रमा कलाकार निल नितिन मुकेशले खलपात्रको भूमिका निर्वाहा गर्नेछन् । चलचित्रको एक्सन पाटोलाई उत्कृष्ट बनाउने तयारी गरिएको छ । एक्सनको निर्देशन हलिउडका चर्चित स्टन्टम्यानहरुले गर्नेछन् ।

यो चलचित्रलाइ सुजितले निर्देशन गर्दैछन् । ‘बाहुवली’ रिलिजपछि विश्वभर चर्चामा रहेका प्रभासको यो अर्को अपेक्षित चलचित्र हो । चलचित्रको छायांकन अगाडि नै यसले चर्चा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment