हामीले दिनभर काम गर्ने, उठ्ने, बस्ने, बोल्ने, हेर्ने, सुन्ने शक्ति कहाँबाट प्राप्त हुन्छ ?
त्यसको स्रोत भनेको हामीले दिनहुँ गर्ने भोजन नै हो । त्यही खाना नै शरीरमा पुगेपछि उर्जामा रुपान्तरण हुन्छ । त्यही उर्जा हो, हामीले दैनिक काममा खर्च गर्ने ।
र, यसरी हामीले खाएको खानेकुरालई उर्जामा बदल्ने प्रक्रियालाई मेटाबोलिज्म भनिन्छ ।
हामीले खाएका जतिपनि खानेकुरा हुन्छ, त्यसलाई शक्ति एवं उर्जामा रुपान्तरण गर्नुपर्छ । यही प्रक्रियालाई मेटाबोलिज्म भनिन्छ । मेटाबोलिज्म एक बायोािलजकल क्रिया हो, जसलाई पाचन तन्त्रको अहं हिस्सा मानिन्छ । यसको काम हामीले खाएको भोजनलाई तोडेर उर्जामा रुपान्तरण गर्नु हो ।
मेटाबोलिज्मले दुई किसिमले काम गर्छ, क्याटाबोलिज्म र एनाबोलिज्म ।
क्याटाबोलिज्म– यस प्रक्रियामा खानेकुरालाई स–सानो टुक्रा गरिन्छ । यसमा खानालाई प्रोटिन एमिनो एसिडमा बदलिन्छ । यो एमिनो एसिड ग्लाइकोजनमा बदलिन्छ, जसलाई मानव शरीरले उर्जाको रुपमा प्रयोग गर्छ ।
एनाबोलिज्म– सामान्यत मोटाबोलिक रेटको अर्थ हो रासायनिक उर्जा । यसलाई क्यालोरीमा मापन गरिन्छ । बच्चाको शरीरमा मेटाबोलिक रेट बढी हुन्छ, तयसैले उनीहरुमा फुर्ति बढी हुन्छ । साथै उनीहरुलाई भोक पनि पटक पटक लागिरहन्छ । उमेर बढेसँगै मेटाबोलिक रेट कम हुँदै जान्छ । यहि कारण हो, भोक कम लाग्दै जान्छ ।
यदि मेटाबोलिज्म रेट आवश्यक्ताभन्दा कम हुँदै गयो भने मानव शरीरमा दुर्बलता वा मोटोपन बढ्छ ।
कसरी मेटाबोलिज्मलाई शरीरमा सन्तुलित राख्ने ?
१. दिनभरको कामका साथसाथै स्वस्थ्य रहनका लागि नियमित योग अथवा पैदल हिँड्नुपर्छ ।
२. बिहानको नास्तालाई आफ्नो खानाको सबैभन्दा महत्वपूर्ण हिस्सा मान्नुपर्छ । दिनको सुरुवात स्वस्थ्य नास्ताबाट गरौ । यहि नास्ताले दिनभरको लागि उर्जा प्रदान गर्छ ।
३. मेटाबोलिज्म बढाउनका लागि हरेक दुई घण्टामा केहि न केहि खानुपर्छ, तर त्यो सुपाच्य र स्वस्थ्य हुनुपर्छ ।
४. फल र जुसलाई आफ्नो खानामा सोल गर्नुपर्छ ।
५. रातीको भोजन एकदमै हल्का हुनुपर्छ ।
६. गहिरो एवं पर्याप्त निन्द्रा एकदमै आवश्यक हुन्छ । निन्द्रा पुरा भएन भने शरीरमा थकावट महसुष हुन्छ ।
७. मेटाबोलिज्मको एकदमै राम्रो स्रोत भनेको केफीन पनि हो । यसका लागि आफ्नो दैनिक रुटिनमा ग्रीन टि वा ब्ल्याक अफी पनि सामेल गर्नुपर्छ । यसले शरीरमा वेग्लै स्फूर्ति दिन्छ ।
बिएमआर (बसल मेटाबोलिक रेट)
यो एक दर एवं मात्रा हो, जसले शरीरको पाचन क्षमताको निर्धारण गर्छ । अर्थात मानिसको शरीरलाई कति उर्जा आवश्यक छ भन्ने कुरा निक्र्योल गर्छ । मानव शरीरलाई २४ घण्टा उर्जाको आवश्यक हुन्छ । दिनको काममा, भोजन पचाउनमा, रक्त संचारमा, श्वास लिन वा छाड्न सबै काम गर्नका लागि शरीरमा उचित मात्रामा उर्जा चाहिन्छ । र, यो हामीले लिने भोजनबाट प्राप्त हुन्छ । मानिसको आफ्नो शरीरको बनावट अनुसार उर्जा आवश्यक हुन्छ ।
बिएमआर पनि मानव शरीरको बनावट अनुसार प्राप्त हुन्छ ।
उमेर– यो एक महत्वपूर्ण कारक हो, किनभने बिएमआर आयु बढाउनका साथसाथै कम कम हुँदै जान्छ । बिएमआर २० बर्षको उमेरदेखि प्रति दशक २ प्रतिशत कम हुँदै जान्छ ।
शरीरको बोसो– मानव शरीरमा जति धेरै बोसो हुन्छ उत्तिनै बिएमआर कम हुन्छ ।
कद– शरीर जति लामो हुन्छ, उतिनै बिएमआर बढी हुन्छ ।
शरीरको तापमान– शरीरको तापमान जति बढी हुन्छ, उत्तिनै बिएमआर बढ्छ ।
भोजनको उचित मात्रा– अधिक समय भोको रहने व्यक्तिको बिएमआर कमी हुन्छ ।
बाहिरी तापमान– चिसो मौसममा मानिसको बिएमआर बढी हुन्छ ।
व्यायाम– शारीरिक व्यायामले बिएमआर बढ्छ ।
लिंग– पुरुषको शरीरमा मसल्स बढी हुन्छ, साथै महिलाको तुलनामा लोअर बडी फ्याट कम हुन्छ । त्यसैले पुरुषको शरीरमा बिएमआर बढी हुन्छ ।
ग्रन्थी– मानव शरीरमा थाइराइड ग्रन्थी हुन्छ, जो थाय्रोक्सिन उत्पादन गर्छ । यदि यो थाय्रोक्सिन बढी बनायो भने बिएमआर अधिक हुन्छ ।
कसरी बढाउने मेटाबोलिज्म ?
– बिहान स्वस्थ्य नास्ता लिनुपर्छ ।
– पर्याप्त निदाउनुपर्छ ।
– ताजा फल र जुस सेवन गर्नुपर्छ ।
– हरेक दुई घण्टाको अन्तरमा केहि न केहि खानुपर्छ ।
– खानेकुरा सन्तुलित, स्वस्थ्य र सुपाच्य हुनुपर्छ ।
– नियमित व्यायाम गर्नुपर्छ ।
– ग्रीन टिको सेवन नियमित हुनुपर्छ ।
– दिनभर शारीरिक रुपले पनि सक्रिय हुनुपर्छ ।
– मोटोपन नियन्त्रण गर्नुपर्छ ।
प्रतिक्रिया 4