+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
९८ बलमा १४८ रन आवश्यक
चितवन राइनोज 2025
22/1 (3.4)
Shares

रौतहटमा राहत बाँड्दै बलिउड अभिनेत्री मनिषा कोइराला

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७४ भदौ ७ गते १४:०२

७ भदौ, रौतहट । जिल्लाका विभिन्न स्थानका बाढी पीडित महिलाहरुलाई राहत बाँड्न बलिउड अभिनेत्री मनिषा कोइराला रौतहट आएकी छिन ।

यूएनएफपीएको गुडवील एम्बेसेडर समेत रहेकी मनिषा यतिवेला रौतहटका बाढीबाट प्रभावित भएका बस्तीमा पुगेर स्थानियलाई राहत बाँड्न व्यस्त छिन् ।

“बाढीका बेलामा खासगरी किशोरी, तथा गर्भवती महिला तथा आमाहलाई विभिन्न समस्या आउन सक्छ ।” अभिनेत्री कोइरालाले भनिन, “घरवार बिहिन भएर खुल्ला स्थानमा बसिरहेका महिलाहरु जोखिममा पर्ने सम्भावना बढी हुन्छ । उनीहरुका लागी आवश्यक कपडा सहितको राहत प्याकेज हामीले बाँडेका छौं ।”

बाढी प्रभावित क्षेत्रका गर्भवती, सुत्केरी, एकल महिला तथा फरक क्षमता भएका ८६ महिलाहरुलाई मर्यादा सामग्री -डिग्नीकिट) वितरण गरेको उनले बताइन् ।

रौतहटको गौरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेसम्मकै सबै भन्डा डरलाग्दो बाढीका कारण घरवारविहीन भएका परिवारलाई उचित रुपमा बसोबास गराउनु पर्ने, समुचित घरको व्यवस्थापन, बसोबास गरिरहेको टेण्टमा सुरक्षाको पूर्ण ग्यारेण्टी हुनु पर्ने तथा पर्याप्त रुपमा राहत प्याकेजको व्यवस्थापन हुनुपर्ने आवश्यक रहेको बताइन् ।

बाढीबाट सबै भन्दा प्रभावित बस्तीहरुमा स्थलगत रुपमा अनुगमन गरी उनीहरुलाई तत्काल चाहिने अत्यावश्यक सामग्रीहरु यूएनएफपीएको मार्फत वितरण गरेको कोइरालाले बताइन् ।

मनिषाले रौतहटको बसन्तपट्टीमा राहत वितरण गरेकी थिइन भने यूएनएफपीएले राहत बाँडेका अन्य स्थानका स्थानीयहरुसँग भेटघाट समेत गरेकी थिइन् । मनिषा सँगै यूएनएफपीएका कन्ट्री डाइरेक्टर जुलिया भेलेसी समेत रौतहट आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?