+
+

भदौ ५ गतेभित्र १८ वर्ष पुगेकाले मात्र प्रदेश र संसदको चुनावमा भोट हाल्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ८ गते १७:३३

८ भदौ, काठमाडौं । यही भदौ पाँच गतेभित्र १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम लेखाएकाहरुले मात्र आगामी मंसिर महिनामा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्न पाउने भएका छन् ।

बिहीबार बसेको निर्वाचन आयोगको बैठकले सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको दिन भदौ ५ गते नै मतदाताको उमेर १८ वर्ष पुगेको हुनुपर्ने निर्णय गरेको हो ।

‘मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्था अनुसार मतदाताको १८ वर्ष पुगेको मिति तोकेको हो ,’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसका लागि निर्वाचन आयोगले ०७४ साल भदौ ३ गतेसम्म मतदाता नामावलीका लागि नाम संकलन/दर्ता भएका व्यक्तिहरूको विवरण रुजु गरी मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले आगामी मंसिर १० गते एकैदिन एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको चुनाव गराउने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्  

नेपालमा जिल्लाको संख्या ७७ पुग्यो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?