Comments Add Comment

महोत्तरीमा सर्पदंशको उपचारका लागि पूर्वाधार अभाव

८ साउन, महोत्तरी । भ्यान्टिलेटर, आईसीयु, एम्बुलेन्स लगायतका पूर्वाधार अभावमा महोत्तरीको गौरी डाँडास्थित सर्पदंशको उपचारमा कठिनाई भएको छ ।

केन्द्रमा हाल महोत्तरीको बर्दिवास, खैरमारा, रामगोपालपुर, गौशाला नगरपालिका, सम्सी,श्रपुर, कलभाषा बाहेक धनुषा, रामेछाप, सिन्धुलीको कमलाखोच क्षेत्र तथा सर्लाहीबाट समेत मानिसहरु उपचारका लागि आउने गर्छन् ।

‘केन्द्रमा हाल भ्यान्टिलेटर, आईसीयू , एम्बुलेन्स , थप शैश्या, भवनको स्तरोनत्ती लगायतको पूर्वाधारमा अभावमा इमर्जेन्सी विरामीहरुलाई धरानको वि.पी मेमोरियल अस्पताल तथा जनकपुर पुर्‍याउनु पर्ने बाध्यता छ’ , केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटाले भने’ सरकारले यत्रि मात्र सहयोग गरिदिए जटिल प्रकारका सर्पदंशका बिरामीको उपचार यही हुने थियो । अन्यथा अहिले यहाँ भाइल चढाएर विरामीलाई ठूला अस्पताल रिफर गर्नु पर्ने बाध्यता छ’।

उक्त केन्द्रमा एउटा भ्यान्टिलेर तथा आईसीयू सहितको एउटा कक्ष निर्माण गर्न सकिए त्यसबाट धेरै मानिस लाभान्वित हुने उनको ठम्याई छ ।

केन्द्रबाट हालसम्म ७५३ जनाले उपचार सेवा लिइसकेका छन् । त्यस मध्ये, महोत्तरीबाट ५८१, धनुषाबाट ं४८, रामेछापबाट १, सिन्धुलीबाट ११८ तथा सर्लाहीबाट ५ जनाले उपचार सेवा लिइसकेको केन्द्रले जनाएको छ ।

खुला शौच गर्न जाँदा सर्पदंश

केन्द्रमा उपचार सेवा लिनेमा पुरुषको दाजोमा महिला बढी छन् । विरामीहरु रातीको समयमा बढी आउने गर्छन् ।

‘खुला शौच गर्नुपर्ने भएका कारण रातविरातमा महिलाहरु बाहिर जाने तथा खेतमा समेत महिलाहरु बढी समय विताउने हुदाँ सर्पदंशबाट प्रभावित हुनेमा पनि महिला बढी देखिन्छन्’, अध्यक्ष देवकोटाले भने,’ त्यसबाहेक खजुर तथा विच्छीले टोकेर उपचार गराउने संख्या पनि उत्तिकै छ’ ।

त्यसरी उपचार गराउन आउनेको संख्या महिनामै ८ देखि १० जनासम्म पुग्ने गरेको छ । यस आर्थिक वर्षमा मात्र उक्त केन्द्रबाट २७३ जनाले उपचार सेवा लिएका थिए । गत आर्थिक वर्षमा यो संख्या २७० रहेकोमा आर्थिक वर्ष ०७१/७२ मा यो संख्या १६५ रहेको थियो ।

तर पर्याप्त शैश्या तथा भवन अभावमा जटिल किसिमका विरामीलाई भने जनकपुर, धरान लगायतका अस्पतालहरुमा पठाउनु पर्ने बाध्यता रहेको छ ।

सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिद्वारा ०७१ सालबाट सञ्चालित उक्त केन्द्र बर्दिवास नगरपालिका ३ गौरीडाँडास्थित यस श्री फष्ट रैफल गण, सुरक्षा गुल्मको हाताभित्र सञ्चालित छ । उक्त केन्द्रमा हाल ४ शैय्या छ ।

सर्पदंशका विरामीको संख्या धेरै रहेको बेला उनीहरुलाई भुईमै सुताएर तथा एउटा शैय्यामा ३ जनासम्म राखेर उपचार गराउनु पर्ने बाध्यता छ ।

मन्त्री पोखरेलद्वारा केन्द्रको अवलोकन

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरलले केन्द्रको अवलोकन गरेका छन् ।

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल केन्द्र अवलोकनमा आउँदा समेत त्यहाँ ११ जना विरामी रहेको जानकारी दिदै केन्द्रले सरकारले आवश्यक सहयोग गरे उक्त केन्द्रलाई थप व्यवस्थित गर्ने जनाएको छ ।

महोत्तरीलाई विषालु सर्पको विगविगी भएको क्षेत्रको रुपमा पनि चिनिने गरिन्छ । महोत्तरीमा सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिले निर्माण गरेको एउटा मात्र सर्पदंस केन्द्र रहेको छ । सेनाकै सहयोगमा उक्त केन्द्रमा आउने विरामीको उपचार सेनाद्धारा नै हुँदै आएको छ ।

समुदाय स्तरबाट निर्मित केन्द्र, सरकारबाट कुनै सहयोग छैन

उक्त केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटाकै सकि्रय प्रयासमा ०७१ सालमा निर्माण सम्पन्न गरिएको उक्त केन्द्र हाल सेनाको परिसरमा रहेको छ ।

उक्त भवनलाई अहिलेसम्म सरकारले कुनै सहयोग गरेको छैन । करिब ३ हजार मानिसको हस्ताक्षर तथा साधारण सभामार्फत मानिसहरुले गरेको सहयोगकै भरमा सञ्चालमा रहेको उक्त केन्द्रमा हाल जम्मा ४ शैय्या छ ।

उक्त केन्द्रको निर्माण जनसमुदायकै सहयोगमा निर्माण गरिएको छ । उक्त भवनबाट जम्मा ५ मिनेटको दुरीमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलेको आश्रयस्थल ‘आधारशिला’ रहेको छ ।

यसबारे स्वास्थय मन्त्रीलाई राम्रो अवगत हुनुका साथै समितिले स्वास्थ्य मन्त्री पोखरेल सासंद हुदाँ नै समितिले एक लाख सहयोग माग गरेका थिए ।

जस मध्ये मन्त्री पोखरेलले उक्त केन्द्रलाई ५० हजार रुपैयाँ उपलब्ध गराएका थिए । त्यस बाहके, जनसमुदायले गरेको सहयोगकै आधारमा उक्त केन्द्र अहिलेसम्म सञ्चालित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment