+
+
Shares

गुल्मीमा भ्रष्टाचारविरुद्ध हस्ताक्षर संकलन र प्रभातफेरी

अनिल खत्री अनिल खत्री
२०७४ भदौ २४ गते १०:१६

२४ भदौ, गुल्मी । जिल्लाका दुई संस्थाहरुको आयोजनामा भ्रष्टाचारविरुद्ध हस्ताक्षर संकलन तथा प्रभातफेरी कार्यक्रम भएको छ । एकीकृत ग्रामीण विकास समाज र इन्सेक गुल्मीको संयुक्त  आयोजनामा गुल्मी दरबार गाउँपालिका–१ को बलिथुममा हस्ताक्षर संकलन तथा प्रभातफेरी आयोजना गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष रामबहादुर पल्ली, सदस्यहरु वसुन्धरा नेपाली, वुद्धिप्रसाद पोख्रेल, सूर्यबहादुर कुँबर, स्वास्थ्यचौकी प्रमुख रिकमान श्रेष्ठ, पशु प्राविधिक नारायण पन्थी लगायतले हस्ताक्षरसहित प्रतिवद्धता जनाएका थिए ।

प्रभातफेरीमा सहभागीहरुले भ्रष्टाचारविरुद्धका नाराअंकित प्लेकार्ड बोकेका थिए ।

संकलित हस्ताक्षर वडाध्यक्ष रामबहादुर पल्लीलाई बुझाइएको छ । हस्ताक्षरसहितका ब्यानर बुझ्दै पल्लीले आफ्नो कार्याकालमा कुनै पनि प्रकारका भ्रष्टाचार गर्ने र हुन पनि नदिने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?