+
+

रामेछाप, धादिङ, गोरखा र पूर्वी रुकुम अब हिमाली जिल्ला

परासी तराई र नवलपुर भित्री मधेसमा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २५ गते १४:४४

२५ भदौ, काठमाडौं । रामेछाप, धादिङ, गोरखा र पूर्वी रुकुम अब हिमाली जिल्लाको वर्गीकरणमा परेका छन् । यसैगरी पूर्वी नवलपरासी भित्री मधेसको जिल्ला भएको छ ।

रामेछाप, धादिङ, गोरखा र रुकुम यसअघि पहाडी जिल्लाको वर्गीकरणमा परेका थिए ।

संसदको विकास समितिले आइतबार पारित गरेको स्थानीय तह सञ्चालन सम्बन्धी विधेयकमा जिल्लाहरुको नयाँ वर्गीकरण गरिएको छ जसमा पहिले पहाडी जिल्ला भनेर चिनिने चार जिल्लालाई हिमालमा राखिएको छ ।

रुकुम बिभाजन भएपछि पूर्वी रुकुमलाई पनि हिमाली जिल्लामा पारिएको छ । पूर्वी रुकुममा सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिका पर्दछन् ।

नवलपरासीबाट दुई जिल्ला बनेको परासी क्षेत्रलाई तराई र नवलपुर क्षेत्रको जिल्लालाई भित्री मधेसमा वर्गीकरण गरिएको विकास समितिका सदस्य गणेश पहाडीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?