+
+
Shares

कीर्तिमान तोड्दै १४ वर्षे किशोरले उडाए जहाज

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २६ गते ११:४०

मानिस कति वर्षको उमेरमा पाइलट बन्न सक्ला ? युएईका एक किशोर भने १४ वर्षकै उमेरमा पाइलट बनेर रेकर्ड कायम गरेका छन् ।

भारतीय मूलका मंसूर अनिस विश्वको सबैभन्दा कम उमेरको पाइलट बनेर कीर्तिमान राखेका हुन् ।

मन्सुरले हालै सेसना १५२ नं. को उडानमा रहेको जहाज भन्डै १० मिनेटसम्म एक्लै उडाए । त्यसक्रममा उनले पूर्ण अनुभवी पाइलटले जस्तै जहाज ह्याण्डल गरेका थिए । यो कीर्तिमानी कार्यसँगै उनलाई प्रशिक्षार्थी पाइलटको लाइसेन्स मिलेको छ ।

उनलाई पाइलट प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षार्थी पाइलटको लाइसेन्स दिएको हो । मन्सुरका बुवा भारतको नागपुरका बासिन्दा हुन् भने काका पाइलट हुन् ।

मन्सुरलाई सानैदेखि हवाइजहाजमा निकै चाख थियो । उनले खेलौना पनि हवाइजहाज वा हेलिकप्टरकै चलाउने गर्थे र एकदिन पाइलट बन्ने सपना देखेका थिए । अन्ततः लामो प्रशिक्षणपछि उनले १४ वर्षकै उमेरमा पाइलट बनेर कीर्तिमान कायम गरेका छन् । यसअघि जर्मनीका किशोरको नाममा रहेको यो कीर्तिमान मन्सुरले भंग गरेका हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?