Comments Add Comment

ह्याङओभरः भ्रम र यथार्थ

पछिल्ला दिनमा मानिसको रोजाइमा छ, मदिरा । दुःख बिर्सिने र खुशी बाँड्ने बहाना पनि बनेको छ, यो ।

दुवै अवसरमा मदिराको अत्यधिक सेवन गर्ने प्रवृत्ति छ, जसका कारण टाउको दुख्ने, रिंगटा लाग्ने, वान्ता हुने, मुख सुक्नेलगायत समस्या उत्पन्न हुन्छ । त्यसलाई बोलीचालीमा ‘ह्याङओभर’ भन्ने गरिएको छ ।

भ्रमः ह्याङओभर सामान्य हो ।

यथार्थः अत्यधिक मदिरा सेवनका कारण हुन्छ, ह्याङ । यसबाट शरीरको केन्द्रीय स्नायु प्रणालीमा असर पुग्छ । दिमागमा असर परेका कारणले हो, टाउको दुख्ने, रिंगटा र वाकवाकी लाग्ने समस्या उत्पन्न हुने पनि ।

त्यस्तो बेलामा शरीरमा पानीको कमी हुन पुग्छ । खान मन नलाग्ने, मुख सुक्ने, जिउ दुख्नेलगायत समस्या पनि त्यही कारणले उत्पन्न हुने हो ।

सन् २००० को शोधअनुसार डिहाइड्रेसन, एल्डोस्टेरोन, कार्टिसोललगायत हर्मोनको स्तरमा परिवर्तन आउनु नै ह्याङओभरका कारण हुन् ।

भ्रमः ह्याङओभरको प्रभाव महिलामा बढी

यथार्थः ह्याङओभरको प्रभाव महिलामा बढी हुन्छ । यदि महिला र पुरुषले उत्तिकै मदिरा सेवन गर्छन् भने पनि त्यसको प्रभाव पुरुषको तुलनामा महिलामा बढी हुने गर्छ ।

महिलाको तुलनामा पुरुषको शरीरमा पानीको मात्रा ज्यादा हुन्छ, जसका कारण उनीहरुले सेवन गरेको मदिरा शरीरमा छिटै घोलिन्छ । महिलाको शरीरमा भने मदिरा रगतमा गएर मिसिन्छ ।

भ्रमः अत्यधिक मदिरा सेवन नै ह्याङओभरको कारण

यथार्थः ह्याङओभरका लागि अत्यधिक मदिरा सेवन गर्नुपर्दैन । कसै-कसैलाई थोरै रक्सी खाँदा पनि ह्याङओभर हुनसक्छ । मान्छेले आफूले खाएको रक्सी कति पचाउन सक्छ भन्ने कुराले त्यसको निर्धारण गर्छ । बियर, या हार्ड डि्रंक्सको साथमा पानी वा अन्य पदार्थको सेवनले हाइड्रेटेड रहन र शरीरबाट अक्कोहलको मात्रा घटाउन मद्धत गर्छ ।

भ्रमः बियरको साटो वाइन

यथार्थः भनिन्छ, बियरको साटो वाइन खानु स्वास्थ्यका लागि फाइदाजनक छ । जबकि, बियरको तुलनामा वाइनमा अल्कोहलको मात्रा अधिक हुन्छ । रेड वाइनमा ट्यानिन्स नामक तत्व हुन्छ, जसले केही मानिसलाई टाउको दुख्ने समस्या निम्त्याउन सक्छ ।

हि्वस्कीलगायत माल्ट पेय पदार्थले पनि केही व्यक्तिलाई बढी ह्याङओभर हुने गर्छ । यदि तपाईंलाई पनि ह्याङओभरको समस्या छ भने कम अल्कोहल भएका जिन, भोड्कालगायत पेय पदार्थ सेवन गर्न उचित हुन्छ ।

भ्रमः डाइड ककटेल सेवन

यथार्थः क्यालोरी कम गर्न डाइड कोक राम्रो मानिन्छ । तर, त्यसले ह्याङओभर कम गर्दैन । अनुसन्धानहरुले बताएअनुसार फलफूल, तिनका जुसलगायत चिनीयुक्त पदार्थको सेवनले ह्याङओभर कम हुने गर्छ ।

भ्रमः बियरअघि रक्सी सेवन

यथार्थः मदिरा सेवन गर्दा त्यसको परिमाण बिचार गर्नु पर्छ । अनुसन्धानहरुका अनुसार मानिसका लागि १२ औन्स बियरको एक गिलास, पाँच औन्सको एक गिलास वाइन, डेढ औन्सको एक गिलास टकिला पिउने मापदण्ड हुन् ।

भ्रमः सुत्नुअघि पास्ताको सेवन

यथार्थः सुत्नुअघि खानु त्यसै पनि राम्रो मानिँदैन । त्यसमा पनि मादक पदार्थ सेवन गरेपछि खानुको औचित्य रहँदैन । खाना समयमा खानुपर्छ ।

फेरि, खानाले तपाईंले खाएको मादक पदार्थलाई स्लो बनाइदिन्छ । त्यसैले, सुत्नुअघि पिज्जा वा अन्य कुरा सेवन गर्न उचित हुन्छ, जसले ह्याङओभर हुन दिँदैन ।

भ्रमः सुत्नुअघि पेनकिलरको प्रयोग

यथार्थः सुत्नुअघि पेनकिलरको सेवनले टाउको दुख्नेलगायत समस्या तुरुन्तै कम हुने भ्रम छ । पेनकिलरलाई राम्ररी काम गर्न नै करिब चार घण्टा लाग्छ । त्यसैले, सुत्नुअघि खानुभन्दा उठ्नासाथै औषधी खानु राम्रो उपाय हो ।

भ्रमः अल्कोहलले निद्रा लगाउँछ

यथार्थः रक्सीले चाँडै निद्रा लगाउने भ्रम छ । यर्थाथमा रक्सीले निद्रा लगाउँदैन । बरु अत्यधिक मात्रामा रक्सीको सेवनले शरीरमा उत्पन्न हुने अप्ठ्यारोले निदाउन दिँदैन ।

भ्रमः बिहान अल्कोहल सेवन

यथार्थः कतिपय मानिस रातिको ह्याङ हटाउन बिहान उठेर रक्सी पिउन थाल्छन् । त्यसले तत्कालका लागि राहत दिएजस्तो महशुस हुन्छ । तर, त्यसले केहीबेरपछि फेरि टाउको दुख्ने समस्या निम्त्याउँछ । त्यसैले ह्याङ हटाउन मदिराको सेवन अनुचित हो ।

भ्रमः कफी नै उपचार हो

यर्थाथः भनिनछ, ह्याङ्गओभर भएको बेलामा कफि पिउनु राम्रो हो । जबकी यर्थाथमा कफीले हयाङ्गओभरलाई क मगर्ने नभई यसलाई झन् थयानक बनाउँछ । कफीमा कैफिन हुन्छ, जले तपाईको रक्तनलीलाई साघुरो बनाई तपाईको ह्याङ्गओभरलाई झन् बढाउँछ । त्यसैले ह््याङ्गओभरबाट छुटकारा पाउन कफीको सट्टामा पानी वा अल्कोहलरहित डि्रक्स पिउनु उपयुक्त हुन्छ ।यसले तपाईको शरीरमा पानीको कमी हुन दिदैन र ताजा राख्दछ ।

भ्रमः हर्बलको प्रयोग

यथार्थः ब्रिटिस अनुसन्धानकर्ताहरुका अनुसार इस्ट, आर्टिचोकलगायत औषधीले ह्याङओभरमा असर नगर्ने देखिइएको छ । अर्कोर् बि्रटिस अनुसन्धानले पि्रक्ली पियर क्याक्टरको प्रयोगले वाकवाकी लाग्ने तथा मुख सुख्खा हुने समस्यालाई केही हदसम्म कम गर्छ तर टोउको दुख्ने समस्या हट्दैन ।

खासमा केही समयपछि आफैं हट्छ ह्याङओभर ।

बरु, विषाक्त अल्कोहलको सेवनले ज्यानसमेत जान सक्छ । अलमलिनु, निरन्तर वान्ता हुनु, सास फेर्न कठिन हुनु, रक्तचाप न्यून हुनु, अनुहार निलो हुनु विश्ााक्त अल्कोहल सेवनका लक्षण हुन् । त्यस्तो रक्सी सेवन गरेकाहरुमा डिहाइडे्रसन र मस्तिष्कघातको जोखिम पनि उत्तिकै हुन्छ । तत्काल अस्पतालतिर दौडिनुको विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment