
रक ब्याण्ड नेपथ्यले दक्षिण कोरियाको सउल ओलम्पिक पार्कस्थित ओलम्पिक हलमा बुधबार आफ्नो दरिलो प्रस्तुती दिएको छ । कोरियाको राष्ट्रिय पर्व ‘चुसोक फेस्टिभल’को अवसर पारेर कास्की परिवारले यो कन्सर्टको आयोजना गरेको हो ।
कन्सर्टमा नेपथ्यले आफ्नो २५ औं बर्ष मनाउने क्रममा सार्वजनिक गरेको ‘मै मरि जाउँला, जीवन छोटो छ’ बोलको गीत गाउँदा दर्शकले हुटिङ गरेर साथ दिए । साथै, ब्याण्डका गायक अमृत गुरुङले आफ्ना चर्चित गीतहरु पनि पस्किए । उनले, गीत प्रस्तुत गर्दै दर्शकसँग संवाद समेत गरेका थिए । दक्षिण कोरियाको राजधानीमा नेपथ्यले पाँचौ प्रस्तुती दिएको थियो ।
कन्सर्टमा अमृतलाइ ध्रुव लामाले ड्रम सेटमा, सुरज थापाले किबोर्डमा, सुविन शाक्यले गितारमा, निरज गुरुङले गितारमा र शान्ती रायमाझीले मादलमा साथ दिएका थिए । नेपथ्यले करिब २ घन्टा आफ्नो प्रस्तुती दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4