Comments Add Comment

करेन्ट लागेर रौतहटमा मजदुरको मृत्यु

२४ असोज, रौटहट । जिल्लाको कटहरिया नगरपालिकास्थित निर्माणाधीन बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स मिलमा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ ।

कटहरिया नपा–९ डुमरिया टोलस्थित निर्माणाधीन चिनी मिलमा तार जोड्ने क्रममा सोमबार राति वडा नं ७, फत्तेपुर घर भएका ३० वर्षीय प्रमोद यादवको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment