+
+
Shares

माल्टाकी प्रख्यात ब्लगर बम आक्रमणमा मारिइन्

बीबीसी बीबीसी
२०७४ असोज ३१ गते १२:१४

३१ असोज, माल्टा । आइसल्यान्डको सरकारमाथि भ्रष्टाचारको आरोप लगाउने माल्टाकी एक प्रख्यात ब्लगरको हत्या भएको छ । प्रहरीका अनुसार कार बम आक्रमणमा उनी मारिएका हुन् ।

मोस्टा नजिकैको बिदनीजास्थित घरबाट निस्केलगत्तै ५३ वर्षीया डाफ्ने कारुयाना गालिजियाले हाँकेको कार विष्फोट भएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार उनका छोराले बमको आवाज सुनेर अत्तालिँदै बाहिर आएका थिए ।

प्रधानमन्त्री जोसेफ मस्कट, जसलाई कारुआना गालिजियाले यसै वर्षको सुरुमा अनियमितताको आरोप लगाएकी थिइन्, ले हत्याको भत्र्सना गरेका छन् ।

‘एक व्यक्तिमाथि भएको यो बर्बर आक्रमणको म निन्दा गर्छु र यो अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार हो,’ टेलिभिजन सम्बोधनमा उनले भने, ‘सबैलाई थाहा छ, उनी मेरो कटु आलोचक थिइन्, राजनीतिक र व्यक्तिगत दुवै रुपले । साथै, उनी अरुको पनि आलोचक थिइन् । तर, यसले हत्याको औचित्य पुष्टी हुँदैन ।’

प्रधानमन्त्री मस्कटले अपराधिलाई दण्डित नगरेसम्म आफू चुप नबस्ने बताएका छन् ।

माल्टा टेलिभिजनका अनुसार गालिजिआले दुई साताअघि ज्यान मार्ने धम्की आएको उजुरी प्रहरीमा गरेकी थिइन् । तर, उनले त्यसबारे विस्तृत सूचना दिएकी थिइनन् ।

प्रहरीले बम आक्रमणको अनुसन्धान सुरु गरिसकेको छ । गालिजियाले प्रधानमन्त्री मस्कट र उनकी पत्नीलाई पानामा पेपर स्क्यान्डलसँग जोडेर आरोप लगाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?