Comments Add Comment

चितवन राष्ट्रिय निकुञ्जमा मर्‍यो भाले गैंडा


१ कात्तिक, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा वयस्क गैंडाको मृत्यु भएको छ । १८ वर्षको भाले गैंडाको बुधबार मृत्यु भएको हो ।

प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार दुई हप्ता अघि जुधेर घाइते भएको भाले गैंडाको आज उपचारको क्रममा मृत्यु भएको हो । सो गैंडाको घाँटीमा गम्भीर चोट लागेको थियो ।

कँडेलले अनलाइनखबरसँग भने, ‘दुई हप्ता अघि घाइते भएको रहेछ । हामीले अघिल्लो हप्ता थाहा पाएर उपचार गर्दै थियौं । आज मृत्यु भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment