Comments Add Comment

स्मरणशक्ति कसरी बढाउने ? यस्तो छ सजिलो काइदा

धेरैजसो कुरा हामी स्मरण गर्न सकिरहेका हुँदैनौ । अझ उमेर बढ्दै गएपछि भुल्ने बानी हुन्छ । यसले हामी आफैलाई दिक्क लाग्छ । आफ्नो कमजोर स्मरणशक्तिप्रति दुख लाग्छ ।

आँखाले देखेको, कानले सुनेको सबै कुरा स्मरण गर्नैपर्छ भन्ने छैन । र, यो संभव पनि छैन । यद्यपी कतिपय कुरा, जो हामीले सम्झनैपर्ने हुन्छ । त्यस्ता कुरा पनि स्मरण गर्न नसक्नु हाम्रो कमजोरी हो । यसलाई स्मरणशक्तिमा ह्रास आएको भनिन्छ ।

सम्झनैपर्ने वा स्मरणमा राख्नपर्ने कुरालाई कसरी नबिर्सने त ? यसका लागि केहि काइदा छ । जर्मन साइकोलाजिस्ट हर्मन इविन्गहसले स्मरणसँग सम्बन्धित केही यस्ता उपाय बताएका छन्, जसले विश्वव्यापी रुपमा मान्यता पाएको छ ।

त्यसको लागि सबैभन्दा पहिले हामीले पढेका कुरा किन विर्सन्छौ, त्यसबारे जान्न आवश्यक छ ।

पढेका कुरा किन विर्सन्छौ ?

सामान्यतयाः हाम्रो मस्तिष्कले पढे लगत्तै पढेका सबै कुरालाई शतप्रतिशत दिमागमा भण्डारण गर्छ । तर त्यसको एक घण्टा नवित्दै हाम्रो दिमागमा भण्डारण भएका जानकारी ४४ प्रतिशतमा घट्छ ।

यस अर्थमा हाम्रो मस्तिष्कले त्यसमा भण्डारण हुने अनावश्यक जानकारीबाट बचाव गर्छ । जसको कारण हामीमा सञ्चित हुने जानकारी अल्पकालीन स्मृतिमा जम्मा हुन्छ । परिणाम स्वरुप , उक्त कुरालाई पटकपटक स्मरण नगरेको अवस्थामा ती कुुरा मस्तिष्कबाट स्वतः हटेर जान्छ ।

इविङ्गहसका अनुसार हामीले कुनै कुरा पढेलगत्तै हाम्रो मस्तिष्कमा उक्त कुरा शतप्रतिशत भण्डारण हुन्छ । उक्त कुरा करिब २० मिनेट पछि ६० प्रतिशतमा झरेर जान्छ । एक घण्टापछि ४० प्रतिशत, एक दिन पछि ३० प्रतिशत एक हप्ता पश्चात्त २० प्रतिशतमा सिमित भएर जान्छ ।

त्यसो भए सबैकुरा स्मरण गर्ने कसरी ?

कुनै कुरा तुरुन्तै सम्झन परेमा

पहिलो पटक दोहोर्‍याउने पढे लगत्तै

दोश्रो पटक दोहोर्‍याउने करिब १५-२० मिनेट पश्चात्त

तेश्रो पटक ६-८ घण्टा पश्चात्त

चौथो पटक २४ घण्टा

लामो समयसम्म सम्झने उपाय

पहिलो पटक दोहोर्‍याउने पढे लगत्तै

दोश्रो पटक दोहोर्‍याउने करिब २०-३० मिनेट पश्चात्त

तेश्रो पटक एक दिन पश्चात्त

चौथो पटक २-३ हप्ता पश्चात्त

पाचौ पटक २-३ महिना पश्चात्त

कुनै कुरा लामो समयको लागि मानसपटलमा राख्नु परेमा सबैभन्दा पहिले त्यसलाई दीर्घकालीन स्मृतिमा राख्न जरुरी छ । जर्बजस्ती सम्झन खोज्दा दिमागले राम्ररी काम नगर्न सक्छ ।

किनकी मस्तिष्कले कुनै पनि कुरा तुरुन्त सम्झन सक्दैन । त्यसैले यदी तपाई कुनै कुरा लामो अवधीको लागि सम्झन चाहनुहुन्छ भने आˆनो मस्तिष्कलाई केही समय दिन जरुरी छ । चाहे त्यो एक दिन हेस्, चाहे एक हप्ता ।

कुनै कुरा स्मरणमा राख्ने सजिलो उपाय

१. बुझेर पढ्ने: जो मान्छेल बुझेर पढ्छ, उसले सो कुरालाई नौ गुणा छिटो आˆनो मानसपटलमा राख्छ ।

२. अत्यावश्यक कुरा पढ्ने : यसको लागि व्यक्तिलाई कुन कुरा बढी महत्वपूर्ण छ, त्यसबारे थाहा पाउन जरुरी छ ।

३. मानिसले बुदाँको माथि लेखिएको तथा अन्तिम बुदा सबैभन्दा बढी सम्झने गर्छ, यस कुरालाई ध्यानमा राख्नुहोस् ।

४. एउटा विषय पश्चात्त मात्र अर्को विषयमा प्रवेश गर्ने: एकैपटक धेरै विषय अध्ययन गर्दा कुराहरु मिसिन जान्छ ।

५. उल्टो कुरा सम्झने : मानिसले सकारात्मक भन्दा नकारात्मक कुरा चाडै सिक्ने हुदाँ यसले कुनै पनि कुरा सजिलै सम्झन मद्दत गर्छ । जस्तै, दिन र रात ।

६. मस्तिष्कमा चित्र कोर्ने प्रयास गर्ने : सुनेका भन्दा देखेका कुरा हाम्रो मानसपटलमा बसिरहन्छ । त्यसैले, कुनै पनि विषय पढ्दा होस्, वा सम्झदा त्यसको चित्र मस्तिष्कमा कोर्ने प्रयास गर्नुपर्छ । यो विधिले कुनै पनि कुरा छिटै सम्झन सहयोग गर्छ तथा सम्झेका कुरा धेरै दिनसम्म स्मरण गर्न मद्दत पुर्‍याउँछ ।

७. नयाँ कुरासित जोड्ने : कुनै नयाँ भाष सिक्दै हुनुहुन्छ भने तपाई त्यसलाई आफूले जानेको शव्दसित जोड्न सकिन्छ । यसले तपाईलाई उक्त शव्दबारे याद गराउन मद्दत गर्छ ।

८. कहानी बनाउने : यदी कसैलाई कुनै जानकारी याद गर्नुछ भने त्यसमा प्रयोग हुने शव्दलाई मिलाएर पनि एउटा कहानी बनाउन सकिन्छ । जसले तपाईलाई उक्त कुराबारे पछि सम्म यनद गर्न मद्दत गर्छ ।

९. टेप रेकर्डर : कुनै कुरा टेप रेकर्डरमा रेकर्ड गर्ने । अनि त्यसलाई फुर्सदको समयमा सुन्ने । यसले तपाईलाई कुराहरु सम्झन सहयोग गर्छ ।

१०. दृश्यांकन गर्ने : कयौ कुराहरु यतिकै सम्झन गार्‍हो हुन्छ । शरीरीक हाउभाउ तथा औलाहरुको प्रयोगले पनि त्यस्ता कुरा सम्झन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment