Comments Add Comment

कति जीवनोपयोगी छ यी कुरा, एक पटक अभ्यास गर्ने कि ?

हामीलाई अरुको विश्वास जित्न तथा अरुका बारेमा जान्ने इच्छा हुने गर्छ । तर आफ्नो मनको डर तथा तनावका कारण खुलेर आˆनो कुरा राख्न सकिदैन । आˆना बारेमा सहजै बताउन सक्दैनन् । ससाना कुरामा पनि तनाव लिने गर्छन् । डराउने गर्छ ।

त्यस्तो बेला हामी भित्रको अवचेतनले हामीलाई झक्झक्याउने गर्छ, र मनलाई सन्तुलित राख्न मद्दत पुर्‍याउने गर्छ । त्यसमध्येका यस्ता अवचेतन जुन हाम्रो दैनिक जीवनमा जुनसुकै बेला काम लाग्न सक्छ ।

१. रमाइला गफगाफ पो गर्ने हो कि ?

प्रायः साथीभाईमाझ बस्दा धेरैको बानी हुन्छ ‘जोक’ गर्ने । यसले हामीलाई साथीभाईबीच अपनत्व कायम गराउनुका साथै एकअर्का बीच जान्न तथा बुझ्न मद्दत गर्छ । त्यसैले साथीभाइ बीच अझ अपनत्व कायम गर्नु छ र उनीहरुबारे जान्नु छ भने रमाइला गफगाफ पो गर्ने हो कि ?

२. तनाव भयो ? केही खाने की ?

छलफल होस् वा सभा, समारोह । यस्ता कार्यक्रममा जानु पूर्व हामी प्रायः अत्तालिने गर्छौ । हाम्रो मुख सुक्नसक्छ । कम्पन छुट्न सक्छ । यस्तो अवस्थामा खानेकुरा खानु जत्तिको जाती अरु केही हुँदैन ।

विशेषगरी , डर, चिन्ता वा तनावमा हाम्रो दिमाग खानातिर जादैन । र जब दिमागले खानाबारे सोच्न थाल्छ, त्यतिबेला डर , चिन्ता भन्ने हुदैन । जसका कारण अन्र्तवाता, मिटिङ्ग वा कुनै सभा, समारोहमा जानु पूर्व केही खाने गर्नाले हाम्रो दिमागले के सोच्न थाल्छ भने हामी चिन्तामुक्त छौ । हहाम्ीलाूई तनाव छैन। यसले मस्तिष्कलाई सिग्नल प्रधान गरी तनाव दुर गर्नुका साथै शरीरलाई स्थिर राख्न मद्दत गर्छ ।

३. डर लाग्यो, सम्झनुहोस् ऊ तपाईको साथी हो

कयौ मानिसलाई अन्तवार्ताका लागि जाँदा होस् वा कुनै नौलो व्यक्तिसित कुरा गर्दा होस् डर लाग्ने गर्छ, जुन सामान्य हो । अन्तवार्ताका क्रममा आफू सामू बस्ने व्यक्तिलाई धेरै समयदेखि भेट नभएको एउटा राम्रो साथीको रुपमा कल्पना गर्ने हो भनेमात्र पनिे कयौ समस्या आफै समाधान हुन्छ । यसले आत्मविश्वास बढाउनुका साथै तनाव कम गराउँछ । साथै प्रत्येक प्रश्नको सही उक्त दिन मद्दत गर्छ ।

५. धेरै मानिससित ‘डिल ‘ गर्नुपरयो ? ऐना राखौं

ऐनामा आफ्नो अनुहार नराम्रो भएको हेर्ने कसलाई पो रहर हुन्छ ? यदी दिनमा धेरै मानिसहसित ‘डिल’ गर्नु छ भने आफ्नो पछाडी सानै भएपनि ऐना राख्नुपर्छ । ऐना यस्तो चीज हो, जसले मानिसलाई प्रतिविम्बित गर्छ ।

आफ्ना पछाडी ऐना राख्नाले भेट गर्न आउने जोकोही व्यक्तिले हामीसँग नरम व्यवहार गर्नुका साथै धेरै समय लिदैनन् । किनकी मानिसको जातै हो, कोही पनि आफूलाई रिसाएको वा आफ्नो अनुहार सविगि्रएको हेर्न चाहदैनन् ।

६. कोही तपाईलाई हेरिरहन्छ ? ‘हाई’ गर्नुहोस् त

कसैले आफूलाई एकटकले हेरे जस्तो लाग्छ भने ‘हाई गरौ’ । तपाईले गरेको ‘हाई’ अरुलाई अरुलाई तुरुन्तै सर्छ । जसका कारण तपाईलाई हेर्ने व्यक्तिले पनि ‘हाइ’ काट्न थाल्छ ।

७. झगडा पर्‍यो ? खाना बन्न सक्छ सहयोगी

कयौ अवस्था यस्ता हुन्छन्, जहाँ साथी साथीमाझ झगडा पर्छ, तर छुट्याउने उपाय नजान्दा के गर्ने के भन्ने लाग्छ । त्यस्तो अवस्थामा खानाले सहायकको काम गर्न सक्छ । खानालाई शान्ती र आनन्दको पर्याय पनि भनिन्छ । जो व्यक्तिले खाना खाइरहेको हुन्छ, झगडियाले उसलाई प्रतिकार गर्ने सम्भावना न्युन हुन्छ । यस्तो अवस्थामा तपाईले दुई साथी बीचको झगडा अन्त्य गर्न सक्नुहुन्छ ।

८. बोल्दाबोल्दै यस्तो होला

कयौ मानिसहरुको धेरै बोल्ने बानी हुन्छ । धेरै बोल्दा मानिसको दिमाग यति व्यस्त हुन्छ कि उनीहरुलाई कुनै सामान थमाइदा समेत उनीहरुको ध्यान त्यतातिर जाँदैन । अन्ततः कुराकानीका क्रममा यदी आफूलाई कुनै सामान मन परेन र अरुलाइ दिन चाहनुहुन्छ भने शायद त्यही नै तपाईको लागि उचित समय हुनसक्छ । नपत्याए एक पटक ‘ट्राई’ गरेर हेर्नुस् त ?

९. साथी बन्न चाहनुहुन्छ, ? सहयोग माग्नुहोस्

कसैको असल सााथी बन्न चाहने हो भने त्यस्तो साथी बन्ने सबैभन्दा सजिलो उपाय भनेको सामान्य सहयोग माग्नु हो । जस्तै : कागत, पेन, पेन्सिल , पानीको बोतल इत्यादी । यदी कुनै व्यक्तिसित तपाईले सामान्य सहयोग मागेको खण्डमा उसले के सोच्छ भने उक्त व्यक्तिलाई मन पराउनु हुन्छ र सहयोग लिन तत्पर हुनुहुन्छ । यस अर्थमा ऊ पनि तपाईलाई सहयोग गर्न तयार हुन्छ र सजिलै तपाई प्रति आकषिर्त हुन्छ ।

१०. खुट्टाको अवस्था अनुसार व्यवहार

जहिले पनि कुनै व्यक्तिसित कुरा गर्दा उसको खुट्टाको अवस्था हेरेर व्यवहार गर्नुहोस् । यदी कुनै व्यक्ति हतारमा छ र तपाई सित कुरा गर्ने मुडमा छैन भने उसको शरीर तपाई तिर फर्के पनि खुट्टा सिधा हुँदैन ।

त्यस्तै, यदी कुनै व्यक्तिले तपाई सामु जीउ त सिधा राख्यो, तर खुट्टा सिधा राखेको छैन भने बुझ्नुहोस्, ऊ तपाई प्रति सकारात्मक छैन र तपाईसित बोल्न उसलाई कुनै रुची छैन ।

अझ यदी उनीहरुको खुट्टा अन्य दिशामा मोडिएको छ भने मान्नुहोस् उनीहरु हतारमा छन्, अन्यथा आफै परीक्षण गरी हेर्नुहोस् ।

११. विहानको समयमा भेटघाट गर्ने की ?

कयौ मानिसलाई दिनभरको कुरा याद हुदैन । उनीहरु विहान तथा बेलुकीको कुरामात्र याद राख्ने गर्छन् । अन्य बेला उनीहरुलाई खासै याद हुँदैन । त्यसैले यदी कसैलाई मान्छे भेट्नु छ भने विहानको समय मिलाउन हामी सुझाव दिन्छौ ।

अझ अन्तवार्तामा जादै हुनुहुन्छ भने त यो कुरा लागु गर्न झनै जरुरी छ । भएसम्म पहिलो हुनु नत्र अन्तिम तर बीचमा कहिल्यै नपर्नुस् । किनकी बीचको समय मानिसहरुलाई खासै याद रहँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment