Comments Add Comment

८८ किलो सुनकाण्डः ११ आरोपीविरुद्ध साढे ४३ करोडको बिगो माग गर्दै मुद्दा दायर

१८ कात्तिक, काठमाडौं । ८८ किलो सुन तस्करी प्रकरणमा संलग्न भनिएका ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

शुक्रवार महानगरीय प्रहरी परिसरको अपराध अनुसनधान तथा कारवाही शाखाले अबैध सुन प्रकरणका अभियुक्तविरुद्ध ४३ करोड ५६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

महानगरीय अपराध महाशाखाले गत १९ भदौमा केरुङ नाका हुँदै भित्रिएको ८८ किलो सुन ठमेलबाट बरामद गरेको थियो ।

संगठित अपराध ऐनअनुसार उनीहरूविरुद्ध मुद्दा दायर गरिएको परिसरले जनाएको छ । अभियुक्तविरुद्ध संगठित अपराध ऐनअनुसार ५ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

को-को विरुद्ध मुद्दा ?

परिसरले शुभरत्न शाक्य, गणेशदत्त बडु, सत्यनारायाण अग्रवाल, नन्दकुमार पाण्डुरंग मगर्ले, उल्लाहास दिनकर लालुङ्गे, मानबहादुर तामाङ र ल्याक्पा ग्याल्जोङविरुद्ध परिसरले मुद्दा दायर गरेको हो ।

त्यस्तै, चिनियाँ नागरीक याङ वे मिङ, पान वे मिङ, झाङ होङ लियाङ र हिसे साङ्बो लामाविरुद्ध पनि परिसरले मुद्दा दायर गरेको छ । यी चार जना भने फरार छन् ।

तीन जना ड्राइभरलाई भने परिसरले निर्दोष ठहर्‍याएको छ । अन्य चार जना चिनियाँको भने परिचय खुल्न सकेको छैन । पहिचान खुलेपछि उनीहरूविरुद्ध पनि मुद्दा चलाइने परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment