३ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पुत्रशोक परेको छ ।
प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार विहान निधन भएको छ । लाजिम्पाटस्थित घरमै सुतेका प्रकाशलाई आइतबार विहानै अचेक अवस्थामा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
प्रकाशको निधनपछि प्रचण्ड परिवार शोकमा छ । आमा सीता दाहाल अस्पताल समेत आउन सकेकी छैनन् ।
चुनाव प्रचारका क्रममा झापामा रहेका प्रचण्ड छोराको निधनको खबर पाए लगतै हेलिकोप्टरबाट काठमाडौं आएका छन् । उनी केहीबेर अघि नर्भिक अस्पताल आइपुगेका छन् ।
प्रकाशकी पत्नी सिर्जना त्रिपाठी विहानै छोरासहित अस्पताल पुगेकी थिइन् । उनी अहिले बेहोस भएकी छन् र अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै चुनाव प्रचारका लागि कञ्चनपुरमा रहेकी पत्नी विना मगर पनि आएकी छन् ।अस्पताल पुग्दा उनी भावविहल थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4