+
+
Shares

नेपालमा टाटा हेक्जाको विक्री सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ७ गते १२:४४


७ मंसिर, नुवाकोट । टाटा हेक्जाको नेपाली बजारमा विक्री सुरु भएको छ। नेपालमा हेक्साको बिक्री शुरुवातगर्दै टाटा मोटर्सका सिईओ तथा म्यानेजिङ्ग डाईरेक्टर गेएन्टर बटचेकले एघार जना ग्राहकहरुलाई विशेष समारोहमा गाडीको साँचो प्रदान गरे ।

नेपाल भरि उपलब्ध गराईने हेक्साको एक्स टी चार वाइ चार का विभिन्न मोडलहरुको मूल्य ७७ लाख ९५ हजार पर्नेछ ।

हेक्साको बिक्री शुभारम्भ समारोहमा बोल्दै टाटा मोटर्सका सिइओ भने, “हामीले टाटा मोटर्सको तर्फबाट जहिले पनि अग्रणी रुपमा आफ्नो ग्राहकहरुलाई विशिष्ट तथा गतिशील प्रोडक्टको अनुभव दिलाईरहेका छौं ।

टाटा हेक्सा २२०० सीसी भेरिकर डिजल इन्जिन, १५६ पीएस ४०० एनएममा उपलब्ध छ । यसको अतिरिक्त हेक्साको एक्स टी चार वाइ चार मोडल ६ वटा गतिको लागि म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ ।

हेक्साको थप विशेषतामा यसको सेन्ट्रल कन्सोलमा राम्ररी जडान गरिएको रोटरी नबले यसको सुपर ड्राइभ मोडलाई संचालन गर्नेछ । सुपर ड्राइभ मोडले चालकहरुलाई आनन्दसँग अटो, कम्फर्ट, डाईनामिक र रफ रोडमध्ये जुनसुकै मोडमा परिवर्तन गरेर बाटो र आफ्नो मुड अनुसार गाडी चलाउन सक्ने विशेषता दिएको छ ।

विभिन्न थरिको बाटोमा पनि स्थिर तथा आनन्दमयी यात्राको लागि बिना झन्झट हुने गरी गाडीको ईन्जिन व्यवस्थापन, नयाँ जेनेरेशनको ईलेक्ट्रिक स्ट्याबिलिटी प्रोग्राम र टर्क अन डिमान्ड विशेषताहरु राखिएका छन् । प्रयोगकर्ताको आफ्नो प्राथमिकता अनुसार गाडीको आन्तरिक लाईटिङहरु उपकरणहरुको डिस्प्लेबाट मिलाउन सकिन्छ ।

यो सेग्मेन्टका गाडीहरुमा अग्रणी रुपमा विभिन्न विशेषतासहित आएको टाटा हेक्सामा प्रोजेक्टर हेड ल्याम्प, १९ ईन्चको अलोए ह्विल, लिड टेल ल्याम्प, ६ वटा एअर ब्याग्स, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिलहोल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक हेड ल्याम्प्स र १० वटा स्पिकर सहितको जेबीएल अडियो सिस्टम जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?