Comments Add Comment

किन अरुसित सल्किन्छन् विवाहित महिला/पुरुष ?

एक्ट्रा म्यारिटल अफेयर अर्थात बिवाहेत्तर सम्बन्ध । दम्पतीबीच भाँजो हाल्ने यो प्रवृत्ति हामीकहाँ पनि व्यापक हुँदै गएको छ । यो भनेको, बिवाहित पुरुष वा महिला परपुरुष/परस्त्रिसँग सम्बन्ध बढाउनु हो । शरीरिक वा मानसिक रुपमा ।

स्वभाविक हो, आफ्नो जीवनसाथीलाई धोका दिएर अर्कैसँग हिमचिम बढाएपछि दाम्पत्य जीवन धरापमा पर्छ । यो नहुनुपर्ने कुरा हो । तर, हुन्छ । किन ?

आखिर किन कोही महिला वा पुरुष तेस्रो व्यक्तिसँग सम्वन्ध गाँस्न पुग्छन् र आफ्नो वैवाहिक सम्वन्धलाई धरापमा पुर्‍याउँछन्, यसका कारणहरु खोतलौं-

रमाइलो र रोमाञ्चका लागि

युवा जोडीहरु चाँडै नै कुनै चिजबाट बोर हुन्छन् । दाम्पत्य सम्वन्धका हकमा पनि यही लागू हुन्छ । आफ्नो पार्टनरसँग बोर भएकाहरु जिन्दगीमा नयाँ रोमाञ्च सिर्जना गर्न तेस्रो व्यक्तिसँग सम्वन्ध गाँस्न पुग्छन् । तर यो भुल्छन् कि यसबाट उनीहरुको जीवनमा ठूलो आँधिबेरी आउनेछ ।

यौन आकांक्षाका लागि

धेरै अनुसन्धानले उजागर गरेको तथ्य के हो भने करिब ८० प्रतिशत पुरुषहरु आफ्नो यौनजन्य आकांषाको तृप्तिका लागि श्रीमतीलाई धोका दिएर परस्त्रीगमन गर्छन् । उनीहरु या त आफ्नो श्रीमतीबाट सन्तुष्ट हुन सकिरहेका हुँदैनन् वा नयाँ स्वाद चाख्ने मनसायमा हुन्छन् ।

इगो प्रोब्लम

पुरानो जमानामा श्रीमती सँधै श्रीमानको नियन्त्रणमा रहन्थिन्, त्यसैले श्रीमानको गल्तीमा पनि औंला उठाउन डराउँथिन् । तर ,अहिले फरक अवस्था छ । श्रीमतीमा पनि म के कम ? भन्ने सोच हुन्छ । यदि श्रीमानले बाहिर कुनै स्त्रीसँग हिमचिम गरेको सुईको पाइन् भने त्यसको बदला लिन उनी पनि कुनै पुरुषसँग नजिकिन थाल्छिन् । कतिपय पुरुषहरु आफूप्रति केटीहरु क्रेजी हुन्छन् भन्ने श्रीमतीलाई देखाउनकै निम्ति पनि परस्त्रीगमनमा लाग्ने गरेको पाइन्छ ।

बोरिङ सम्वन्ध

बिबाहको केही वर्षपछि घर-परिवार र बच्चाहरुको जिम्मेवारीका बीच जोडीहरु एक-अर्कासँग समय बिताउन पाउँदैनन् । श्रीमती बच्चा, अफिस र घरको काममा यसरी फस्छिन् कि श्रीमानका लागि समय नै निकाल्न सक्दिनन् । यसबाट सम्वन्धमा खल्लोपना र गहु्रंगोपना सुरु हुन्छ । यस्तो अवस्थामा कयौं पुरुषहरु परस्त्रीगमनतिर आकषिर्त हुन्छन् ।

समाजमा आएको खुलापन

त्यसो त विवाहइतर सम्वन्धलाई नयाँ जमानाको देन हो भनेर भनिहाल्न मिल्दैन । पहिले पनि यस्ता सम्वन्ध हुन्थे, तर यसमा आजजस्तो खुलेआम बहस हुँदैनथ्यो । आजकाल विवाहइतर सम्वन्धले मानिसहरुलाई स्तब्ध तुल्याउँदैन । यसलाई लिएर मानिसहरुको दृष्टिकोण सामान्य बन्दै गएको छ । समाजमा आएको यो परिवर्तनले पनि विवाह इतर सम्वन्धलाई बढावा दिन्छ । साथै, अफिसमा पुरुष र महिला सँगै काम गर्दा एक-अर्काप्रति आकषिर्त हुने र प्रेम बस्ने सम्भावना रहन्छ ।

साथीहरुबीच रवाफ जमाउन

कयौं विवाहित पुरुषहरु साथीसंगतिको प्रेरणा र उक्साहटमा घरबाहिर अफेयर गर्न पुग्छन् । यस्तो अफेयरले साथीहरुबीच आफ्नो ठूलो शान हुने भ्रम उनीहरुलाई परेको हुन्छ । अर्कोतर्फ पत्नीप्रति वफादार पुरुषलाई साथीहरुले ‘जोइटिंग्रे’ भनेर गिज्याउने पनि गर्छन् । त्यसबाट पनि उनीहरुलाई अफेयर राख्ने हौसला प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment