+
+

जापानका नेपालीले सम्झिए स्व. प्रकाश दाहाल र खुसीराम पख्रिनलार्इ

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ८ गते ११:२५

२४ नोभेम्बर, टोकियो । जापानमा बस्ने नेपालीहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल र जनकलाकार तथा माओवादीका केन्द्रीय सल्लाहाकार खुसीराम पाखि्रनलाई सम्झिए छन् ।

अकस्मात हृदयघातका कारण घरमै मृत्यु भएका प्रकाश र चितवनमा उनकै शोकसभामा गीत गाउँदै गर्दा हृदयघातका कारण मृत्यु भएका पाखि्रनको सम्झनामा नेपालीहरुले शोकसभा गरेर सम्झिएका हुन् ।

जन प्रगतिशील मञ्च जापानको आयोजनामा भएको शोकसभामा प्रकाश र पाखि्रनको योगदानको समेत चर्चा गरिउको थियो ।

शोक सभा नेपाली जन प्रगतिशील मञ्च जापानका सल्लाहकार भुपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ जापानका महासचिब बुद्दीराज घिमिरे विशेष अतिथिका रुपमा उपस्थित थिए भने प्रवासी नेपाली मंच जापानका उपाध्यक्षद्वय कुलचन्द्र खरेल, सिद्धार्थ श्रेष्ठ, एनआरएनए जापानका कोषाध्यक्ष कालिका थापा, अन्तर्राष्ट्रिय नेपाली समाजका जापान अध्यक्ष पदम थगुन्ठ, एमाले-माओवादी नेताहरु, चितवन समाज जापानका अघ्यक्ष राजन श्रेष्ठ लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि पत्रकार, शहीद परिवारको बाक्लो उपस्थिति रहेको थियो ।

शोक सभा नेपाली जनप्रगतिशील मंच,जापानका अध्यक्ष हवल चन्द्र लामाको सभापतित्व तथा महासचिब श्यामहरी पाण्डेको सहजिकरणमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?