+
+
Shares

गोरखामा सकेट बम र डेटोनेटर डिष्पोज गरियो

विकास मरहट्टा विकास मरहट्टा
२०७४ मंसिर ८ गते १३:१५

८ मंसिर, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेमा भेटिएको सकेट बम र डेटोनेटर डिष्पोज गरिएको छ ।

स्थानीय गणेश कुमार पाण्डेको भत्किएको घरभित्र बोरामा रहेको दुइ वटा सकेट बम र १७ सय ६० थान डेटोनेटर नेपाली सेनाको बम डिष्पोजल टोलीले शुक्रबार डिष्पोज गरेको हो ।

‘बोराभित्र दुई वटा सकेट बम, ३३ नम्बर कमरसियल डेटोनेटर ७९० थान, २७ नम्वर डेटोनेटर ९७० थान र तीन जोर टुपिन प्लग रहेछ,’ सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले भने, ‘सबै नेपाली सेनाको टोलीले डिष्पोज गरिसक्यो ।’

बिहीबार स्थानीयले बोराभित्र शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

२०५६ सालदेखि उक्त घरमा कोही नबस्ने गरेको र उक्त बिष्फोटक पदार्थ तत्कालिन द्वन्द्वको समयमा लुकाएर राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?