Comments Add Comment

साम्राज्ञी र अनमोलको एउटै शैली, अफर धेरै तर काम कम


नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘ड्रिम्स’ जस्तो हिट चलचित्र दिइसकेका छन् । यी दुइले यसपछि अब एकसाथ काम कहिले गर्छन् भन्न अहिले नै सकिदैन । तर, यी दुईको काम गर्ने शैली भने उस्तै देखिएको छ ।

थोरै चलचित्र खेलेर नै स्टार बनिसकेका अनमोल र साम्राज्ञीलाई दैनिक चलचित्रको अफर आउँछन् । तर, काम भने यी दुइलाई गराउन त्यती सजिलो छैन ।
अफर आएका सबै चलचित्र गर्ने हो भने अनमोल र साम्राज्ञीको बर्षमै दर्जन बढी चलचित्र रिलिज हुने पक्का छ । यसैले, पनि अनमोल र साम्राज्ञीले चलचित्र खेलेका भन्दा छाडेका चर्चा मिडियामा बढी हुन्छ ।

केही दिन अगाडि मात्र अनमोललाई ५० लाख अफर गरिएका ४ वटा चलचित्रको चर्चा भयो । अनमोलले यी चलचित्रको अफर भएपनि काम गर्ने वा नगर्ने पक्का गरेका छैनन् ।

साम्राज्ञीले भने अब एक बर्ष कुनै नयाँ चलचित्रको बिषयमा कुरै गर्न नचाहेको बताइरहेकी छिन् । उनलाई, नायक आर्यन सिग्देलले १० लाख पारिश्रमिक दिएर ‘कायरा’ नामक चलचित्रमा अनुवन्धित गरेका छन् ।

जसकाकारण, साम्राज्ञीले १ बर्ष नयाँ चलचित्रको प्रस्ताव स्विकार गर्ने त परको कुरा, कुरै गर्न नचाहेको बताइरहेकी छिन् । आर्यनको चलचित्रको छायांकनपछि उनी ‘इन्टु मिन्टु लण्डनमा’को छायांकनमा व्यस्त हुनेछिन् । साम्राज्ञीलाई पनि दर्जन बढी निर्माता चलचित्रको अफर गर्न प्रतिक्षामा छन् । तर, उनलाई काम गराउन सजिलो छैन ।

यसरि, अनमोल र साम्राज्ञीलाई दैनिक चलचित्रको अफर आएपनि उनीहरु बर्षमा एउटा मात्र चलचित्र खेल्ने दौडमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment