Comments Add Comment

कम्युनिष्टलाई विदेशीले पत्याउँदैनन्ः प्रधानमन्त्री देउवा

रद्धिको टोकरीमा फालेको साम्यवाद नेपालमा ल्याइदै छ: पौडेल

१३ मंसिर, पोखरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने बताएका छन् । कम्युनिष्टले जिते विदेशी लगानी नभित्रने दाबी गर्दै उनले त्यस्तो बेला कसरी समृद्धि आउँछ ? भनेर प्रश्न गरेका छन् ।

बुधबार पोखरामा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले समृद्धिका लागि विदेशी लगानी भित्रिनुपर्ने बताए ।

विदेशीले कांग्रेसलाई मात्र पत्याउने र कांग्रेसले मात्र समृसद्ध र विकास ल्याउने सक्ने उनको दाबी छ ।

कांग्रेस सभापति देउवाले देश कम्युनिष्ट शासनमा जाने कि लोकतन्त्रमा भन्ने गम्भीर मोडमा उभिएको बताए ।

कम्युनिष्टले जिते तानाशाही शासन आउने भन्दै उनले भोट हाल्नुअघि अधिनायकवाद रोज्ने कि लोकतन्त्र निक्र्यौल गर्न आग्रह गरे ।

रद्धिको टोकरीमा फालेको साम्यवाद नेपालमा ल्याइदै छः पौडेल

कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले दुनियाले रद्धिको टोकरीमा फालिसकेको साम्यवाद क्युनिष्टहरुले नेपालमा ल्याउन लागेको टिप्पणी गरेका छन् ।

चुनावी सभामा नेता पौडेलले कम्युनिष्टले विदेशमा फेल भइसकेको साम्यवाद नेपालमा लाद्न खोजेको आरोप लगाउँदै प्रश्न गरे,’दुनियाले रद्धिको टोकरीमा फालेको साम्यवाद नेपालमा परीक्षणका लागि ल्याउन खोज्दैछन्, के नेपाल कन्टेनर हो र जे कुरापनि परीक्षण गर्न नेपाल ल्याउने ? ।’

बरिष्ठ नेता पौडेलले बाम गठबन्धन राष्ट्र, लोकतन्त्र र जनता कसैको पनि पक्षमा नभएको जिकिर गरे । उनले कम्युनिष्टले जिते सबैभन्दा पहिले समाबेशीताको समेत अन्त्य गर्न खोजेको आरोप लगाएका छन् ।

पौडेलले कम्युनिष्टले भनेजस्तो राष्ट्रपतीय शासन लागू भए देश निरंकुशतातर्फ जाने र त्यो एक्लो डिक्टेटरसीप अन्तैबाट चल्ने दावी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment