+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापासहित ११ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १८ गते २०:०३

१८ मंसिर, काठमाडौं । काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । विस्फोटमा अन्य केही घाइते भएका छन् ।

काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो ।

थापाको कान र ढाडमा चोट लागेको छ । उनलाई बमको छर्रा लागेको हो । यद्यपि उनको चोट सामान्य छ ।

थापाले आफू मुस्लिकले बचेको बताए । उनले भने, ‘घरदैलो ढिलो सुरु भएकाले जुलुसलाई अघि बढाउन छिट्टो हिडेको बेला परेर म बचेँ । साथीहरु पर्नुभयो ।’

विस्फोटमा थापासहित १० जना घाइते भएका छन् । उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।

यो पनि पढ्नुस्

बम विस्फोटमा घाइते भएका गगनले भने–म संयोगले बचेँ

गगनलाई भेट्न राजन शिक्षण अस्पताल पुगे तर, भिडले रोक्यो

गगनमाथि बम प्रहारको कांग्रेसद्वारा निन्दा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?