Comments Add Comment

भोजपुर र सिन्धुपाल्चोकमा मतगणना सुरु

२१ मंसिर, भोजपुर । पहिलो चरण अन्तरगत प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको भोजपरमा जिल्लामा बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ ।

भोजपुर सदरमुकामस्थित जिल्ला अदालतको ३ वटा कोठामा मतगणना सुरु भएको हो । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गणना गरिने कोठा तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ ।

त्यस्तै, प्रतिनिधिहरुका लागि घेराबारा लगाइएको छ । मतगणनाको लागि एउटा समूहमा ७ जना कर्मचारीहरु गणक खटाइएको छ ।

सिन्धुपाल्चोकमा मतगणना गरिँदै ।

अन्तिम नतिजा ३ दिनभित्र आइसक्ने अनुमान गरिएको छ । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि समानुपातिकको गणना गरिनेछ ।

१ लाख १३ हजार ७ सय ४५ कुल मतदाता रहेको यस जिल्लामा प्रतिनिधि सभाका लागि ५७.९ प्रतिशत अर्थात् ६५ हजार ९ सय ५८ मत खसेको थियो । प्रदेश सभातर्फ क्षेत्र नं १ मा ५९.८१ प्रतिशत र प्रदेश सभा क्षेत्र नं २ मा ५५. ९१ प्रतिशत मत खसेको थियो ।

यसैबीच, सिन्धुपाल्चोकमा समेत मतगणना सुरु भएको अनलाइनखबरकर्मी दिनेश थापाले जनाएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment