Comments Add Comment

कानमा आउने समस्या र समाधानका उपाय 

बढ्दो उमेसँगै मानिसको सुन्ने क्षमतामा कमी आउने गर्छ । विशेषगरी, कलकारखाना, लगायतका ठूलो आवाज आउने ठाउँमा काम गर्ने मानिसको सुन्ने क्षमता चाडै कम हुनेगर्छ । कहिलेकाही विभिन्न औषधी प्रयोग, इलेक्ट्रोनिक उपकरणको अधिक प्रयोगका कारण पनि सुन्ने क्षमतामा कमी आउने गर्छ ।

कान कम सुनिन थालेको सुरुमा सजिलै थाहा नहुन सक्छ । तजति जति कान कम सुनिन थाल्छ, सुन्ने क्षमतामा अझ धेरै कमी आउन थाल्छ । त्यसैले, यस्तो समस्याको सकेसम्म छिटो उपचार गर्नु नै बेस हुन्छ ।

लक्षणहरु

-ठूलो आवाज भएको ठाउँमा सामान्य कुराकानी सुन्नमा समेत कठिनाई महसुस हुनु ।

-कुराकानीका क्रममा बारम्बार ‘के भनेको’ भनेर सोध्नु ।

-फोनको आवाज राम्ररी नसुनिनु ।

– ज्यादा तेज आवाजमा रेडियो वा टिभीको साउण्ड सुन्नु ।

– पानी परेको तथा चराचुरुङ्गीका आवाज सुन्नमा समेत कठिनाई महसुस हुनु ।

 उपचार विधिः

-संक्रमणका कारण श्रवन शक्ति कम भएमा औषधीद्धारा उपचार गर्न सकिन्छ

-कानको जाली विगि्रएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

– नशामा आएको समस्याका कारणसुन्ने क्षमतामा कमी आएमा त्यसले नशामा पार्ने असरलाई बेवास्ता गर्न त सकिन्न, तर हेयरिङ्ग  ऐडको प्रयोगद्धारा असर कम गर्न सकिन्छ ।

-कानको सुन्ने क्षमता ठिक छ र  कानमा कुनै असर परेको छैन भने कानको नियमित जाचको खासै असर पार्दैन । यद्यपी, चिकित्सकहरु प्रत्येक दुई वर्षमा कानको चेकजाच गराउन सुझाव दिन्छन् ।

-५० वर्ष कटेपछि कानको नशा कमजोर हुने भएकोले पचास कटेपछि कानको नियमित चेकजाच आवश्यक छ ।

-सामान्यतया कानको चेकजाच इएनटी विशेषज्ञले गर्दछन् । तर कानको संवेशदनशीलता तथा सुन्ने क्षमताको जाच गर्नु परेमा आडियोलोजिस्टकहाँ पनि जान सकिन्छ ।

कान बचाउने काइदा

-बच्चा जन्मनासाथ कानको जाँच गराउने ।

-बढी आवाज आउने ठाउमा काम गर्दै हुनुहुन्छ भने कानमा कपास लगाएर वा इयर प्लग लगाएर पनि कानको बचावट गर्न सकिन्छ ।

-हेडफोन वा हेडससेटको मद्दतले आईप्याड, एमपी ३ प्लेयर ठूलो आवाजमा सुन्नु पनि कानको लागि हानिकारक हुनसक्छ ।

-म्यूजिक सुन्दा सदैव म्युजिकको भोल्युमलाई मध्यम वा न्युन लेभलमा राखौ । लामो समयसम्म इयर फोनमा गीत सुन्नाले पनि कान तथा श्रवण शक्ति कमजोर बनाउनसक्छ ।

-गीत, संगित सुन्न बजारमा विभिन्न थरीका हेडफोज तथा इयर फोन पाइन्छ । इयर फोन कानको कैनल भित्र छिराएर सुनिन्छ भने हेडफोन बाहिरबाटै लगाइन्छ । यस अर्थमा इयर फोनको तुलनामा हेडसेट कानको लागि सुरक्षित मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment