+
+
Shares

सानिमा इक्विटी फण्डमा आवेदन दिने आज अन्तिम दिन

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १३:३६


२२ मंसिर, काठमाडौं । सानिमा क्यापिटलले जारी गरिरहेको सानिमा इक्विटी फण्डको बिक्री आज मंसिर २३ गतेबाट बन्द हुने भएको छ ।
करिब २० हजार आवेदनबाट १ अर्ब २२ करोड रकम बराबरको आवेदन परेको बुझिएको छ । मंसिर १२ गते देखि १ अर्ब २० करोड रुपैयाँ (१२ करोड इकाई) निष्कासन गरिरहेको छ ।

यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सकिने व्यव्स्था गरिएको छ । योजनामा न्यूनतम १०० इकाई अर्थात रु १ हजार देखि अधिकक्तम २४ लाख इकाई अर्थात २ करोड ४० लाख रुपैया सम्म लगानी गर्न सकिनेछ ।

यो योजना सानिमा बैंकको प्रवद्र्धनमा आउन लागेको पहिलो सामुहिक लगानी कोष योजना हो । इकाइको निष्काशनको क्रममा मागभन्दा बढि आवेदन परेमा २५ प्रतिशतसम्म कोषको आकार बढाउन सकिने नीतिगत व्यवस्था छ । यसो भएमा कोषको आकार १ अर्ब ५० करोड हुनेछ । कोषमा प्रवद्र्धक र सञ्चालकको १५ प्रतिशत बिउ पुँजी रहनुपर्ने व्यवस्था छ ।

कोष मार्फत संकलित रकम लगानी क्षेत्रको रुपमा सेयर नै प्राथमिकतामा रहेको छ । यस कोष मार्फत उठ्ने रकममध्ये ८० देखि ९० प्रतिशत लगानी सेयरमा हुनेछ । बाँकी लगानी निक्षेप लगायतका अन्य वित्तीय उपकरणमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?