Comments Add Comment

बारामा मतगणना सुरु

२२ मंसिर, बारा । बारामा साढे ४ बाजेबाट मतगणना सुरु भएको छ । जिल्लाको सदरमुकामस्थित रामराजा बहुमुखी क्याम्पसमा गणना भइरहेको हो ।

शुक्रबार बिहान ११ बजे बसेको सर्वदलीय बैठकमा अपरान्ह २ बजे सकिएको थियो ।

सर्वदलिय बैठकमा फरक बाकसमा परेका मतलाई सदर गर्ने वा नगर्ने भन्ने विषयमा यसअघि विवाद भएको थियो ।

यद्यपि, हस्तान्तरण नभएको ब्यालेट र फरक बाकसमा परेका मत बदर हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गणना स्थलमा कडा सुरक्षा व्यवस्था छ । सिसि टिभीसहित गणना स्थलमा तारजाली बाहिर दलका उम्मेदवार र प्रतिनिधि बसेका छन् ।

मतगणना ४ समूहबाट गरिने छ भने ८ दिनभित्रमा गणना सम्पन्न गर्ने लक्ष्य राखिएको जिल्ला निर्वाचन कार्यालय, बाराका प्रमुख नरेश सराफले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment