+
+
Shares

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते ११:१५


२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्रनम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराएका हुन् ।

बहालवाला खेलकुद मन्त्री समेत रहेका केसीले २४ हजार १९० र शाक्यले २१ हजार ९०७ मत पाएका छन् ।

केसीले ०७० को दोस्रो संविधानसभा चुनावमा पनि माओवादी अध्यक्ष प्रचण्डलाई सोही क्षेत्रमा पराजित गरेका थिए ।

काठमाडौंमा चुनाव जित्ने केसी तेस्रो उम्मेदवार हुन् । यसअघि कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं क्षेत्रनम्बर १ मा र गगन थापाले काठमाडौं क्षेत्रनम्बर ४ मा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?