+
+

चुनाव जितेपछि महराले भने- दाङलाई प्रदेश राजधानी बनाउन पहल गर्छु

सबैको साझा नेता भएर काम गर्ने प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते २०:४६

२३ मंसिर, घोराही । दाङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी मअोवादी केन्द्रका नेता कृष्णबहादुर महराले सबैको साझा नेता भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । विनाविभागीय मन्त्री समेत रहेका महराले यही सरकारबाट दाङलाई प्रदेश ५ को राजधानी बनाउन पहल गर्ने घोषणा समेत गरे ।

चुनाव जितेलगत्तै पत्रकारहरुलाई प्रतिकृया दिँदै महराले भने, ‘दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउन म पहल गर्ने छु । हामी यहि सरकारबाट पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्ने छौं ।’

माओवादी केन्द्रबाट विजयी भए पनि आफू सबैको साझा जनप्रतिनिधि भएको भन्दै उनले सबै दाङबासीलाई समान व्यहार गर्ने प्रतिबद्धता जनाए । ‘म सबैको साझा प्रतिनिधि हुँ, मलाई मतदान गर्नुहुने र मतदान गर्न नसक्नुभएका आम जनसमुदायलाई समानरुपमा व्यवहार गर्ने छु,’ महराले भने, ‘भोलिदेखि नै दाङको विकासमा क्रियाशील हुनेछु ।’

महराले निर्वाचनमा सहयोग गर्ने आम मतदाताहरुलाई धन्यवाद दिँदै निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेसका उम्मेदवार लगायत अन्य सबै उम्मेदवारहरुलाई पनि धन्यवाद दिए ।

चुनावमा जित-हार स्वाभाविक भएको भन्दै उनले स्वस्थ प्रतिस्पर्धा गरेका सबै उम्मेदवारहरुलाई धन्यवाद पनि दिए ।

महराले नेपाली कांग्रेसका उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराएका हुन् । महराले ४० हजार ४२ मत पाएका छन् भने खनालले २५ हजार ८९७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?