+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शारीरिक श्रम गर्नेले व्यायाम गर्नुपर्छ ?

दिनभरी काम गरिन्छ, किन गर्नुपर्‍यो कसरत ?

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २८ गते १२:०१

शारीरिक श्रम गर्नेहरुमा यसै भन्छन्, जब उनीहरुलाई व्यायामको आवश्यक्ताबारे कुरा गरिन्छ । शारीरिक रुपमा सक्रिय हुनेहरु ठान्छन्, दिनभर काम गरेपछि व्यायाम गर्नुपर्दैन । गाउँघरमा धेरैजसो शारीरिक काम नै गरिन्छ । बिहान-बेलुकी श्रम गरेपछि शरीरलाई अतिरिक्त व्यायामको खाँचो पर्दैन भन्ने सोचिन्छ ।

के यो सही हो त ? श्रम गर्नु र व्यायाम गर्नु एकै हो ?

१. शारीरिक गतिविधि र व्यायाममा ठूलो अन्तर छ ।

२. फिट एन्ड फाइन रहनका लागि व्यायाम अत्यान्तै जरुरी छ ।

३. यो शारीरिक गतिविधिकै एक विशेष प्रकार हो ।

हामीले पढ्दै, सुन्दै आएका छौ, स्वास्थ्यका लागि शारीरिक रुपले सक्रिय हुनु आवश्यक छ । यता विशेषज्ञहरु भन्छन्, फिट रहनका लागि शारीरिक सक्रियताले मात्र पुग्दैन, व्यायामलाई पनि आवश्यक हुन्छ । अर्थात आफ्नो दैनिक तालिकामा व्यायाम समावेश गर्नुपर्छ । भन्नुको अर्थ, शारीरिक श्रममात्र पर्याप्त छैन, शारीरिक स्वास्थ्य एवं तन्दुरुस्तीका लागि । सन्तुलित व्यायाम पनि अपरिहार्य हुन्छ ।

शारीरिक गतिविधि

हामी खेती किसानीको काम गर्छौ, घाँस दाउरा गर्छौ, बालीनालीको काम गर्छौ, भारी बोक्छौ, घर सफा गर्छौ, कुचो लगाउँछौं, भाँडावर्तन सफा गर्छौ, खाना पकाउँछौं, घुम्छौं, हिँड्छौं यस्ता यावत् काम शारीरिक गतिविधि हो । निस्क्रिय जीवन बस्नुभन्दा शारीरिक रुपमा सक्रिय हुनु एकदमै राम्रो हो । यसले शरीरलाई लचिलो राख्छ, रक्तसंचार सुचारु गराउँछ ।

व्यायाम

यो शारीरिक गतिविधिकै एक विशेष प्रकार हो । तर, व्यायाम योजनावद्ध हुन्छ । अर्थात व्यायाम भनेको त्यो व्यवस्थित कर्म हो, जसले शरीरको अवयवलाई सन्तुलित ढंगले सक्रिय तुल्याउँछ । मांसपेशी, जोर्नीदेखि शरीरका भित्री अंगहरुलाई चुस्त राख्न सहयोग गर्छ । शारीरिक मात्र होइन, मानसिक रुपले समेत स्वस्थ्य तुल्याउँछ । शारीरिक गतिविधिले शरीरको समग्र र सन्तुलित व्यायाम हुँदैन ।

के छ अन्तर ?

शारीरिक गतिविधि स्वास्थ्यका लागि अनुकुल नै हुन्छ भन्ने हुँदैन । अर्थात जुनसुकै अवस्थामा यसले फाइदा गर्छ भन्ने हुँदैन । शारीरिक श्रम गर्दा शरीरका कुनै अंगलाई बढी बोझ परेको हुनसक्छ । आवश्यक्ताभन्दा बढी श्रम भइरहेको हुन्छ ।

श्रम गर्दा मानसिक रुपले हामी तनाव पनि अनुभव गर्छौ । जबकी व्यायाम गर्दा शारीरिक र मानसिक रुपले शान्त एवं स्वस्थ्य हुने अभ्यास गरिन्छ । व्यायाले शरीर कुनै एकमात्र अंगलाई भार पर्दैन । यसले सन्तुलित रुपले शरीरका अंगहरु क्रियासिल बनाउँछ ।

व्यायाम आफ्नो शारीरिक अवस्था अनुरुप तय गर्न सकिन्छ । आफ्नो उमेर, क्षमता, स्वास्थ्य स्थिती सबैको आधारमा सही ढंगको व्यायाम गर्न सकिन्छ । जबकी शारीरिक गतिविधिमा यस्तो सन्तुलन मिलाउन सकिदैन ।

यसको अर्थ यो होइन कि, शारीरिक गविविधि आवश्यक छैन । शारीरिक रुपमा निस्क्रिय बस्नुभन्दा सक्रिय रहनु एकदमै फाइदाजक हो । तर, शारीरिक गतिविधि मात्र काफी छैन । पर्याप्त छैन । यससँगै व्यायाम पनि आवश्यक छ ।

शारीरिक रुपमा सक्रिय व्यक्ति जसले व्यायामलाई पनि आफ्नो जीवनशैलीको हिस्सा बनाएको छ, त्यो एकदमै लाभदायक मानिन्छ ।

शारीरिक गतिविधि गर्ने व्यक्तिको शरीर लचिलो हुन्छ । उफ्रिने, दौडने काम फुर्तिसाथ गर्न सक्छन् । व्यायाममा यसले थप सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?