Comments Add Comment

बालबालिकालाई स्वस्थ्य, शिक्षित र सक्षम कसरी बनाउने ?

हरेक अभिभावक चाहन्छन्, आफ्नो बच्चा स्वस्थ्य होस् । निरोगी होस् । बलियो र फूर्तिलो होस् । शारीरिक रुपमा मात्र होइन, बौद्धिक रुपमा पनि बच्चा अब्बल होस् भन्ने चाहन्छौं । उनीहरु ज्ञानी, बुद्धिमान र आज्ञाकारी होस् भन्ने चाहन्छौं । अरुको भरमा होइन, आफैमा निर्भर हुन सकोस् भन्ने चाहन्छौं । यसका लागि अरु केहि गर्नैपर्दैन । अभिभावकले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ । साथै घरमा उचित वातावरण पनि तय गरिदिनुपर्छ ।

बच्चालाई कसरी र कति ख्वाउने ?

१. धेरै ख्वाउँदैमा बच्चा स्वस्थ्य हुने होइन । सही ढंगले शारीरिक तथा मानसिक विकासका लागि बच्चालाई सन्तुलित, पौष्टिक खानेकुराको आवश्यक हुन्छ । यस्तो खानपानका लागि बच्चालाई सानै उमेरदेखि प्रेरित गर्नुपर्छ, अभ्यस्त बनाउनु पर्छ ।

२. यदि बच्चा सानो छ भने उसको निम्ती आमाको दुध सर्बोत्तम हो । यद्यपी छ महिनाको बच्चा छ भने उसलाई ठोस खानेकुरा पनि आवश्यक हुन्छ । यदि बच्चाले खानेकुरामा रुची देखायो भने उनीहरुलाई घरमा जे बनाउन सकिन्छ, ख्वाउनु पर्छ । सानो अवस्थामा पहेंलो, हरियो रंगको फल वा सब्जी उपयोगी हुन्छ ।

३.  बच्चालाई आफै खाना खाने बानीको विकास गराउनु पर्छ । उनीहरुसँग खेल्नुहोस् र आफै खान प्रेरित गरौं ।

४. खानेकुरा सन्तुलित, स्वस्थ्य र पोषिलो हुनुपर्छ । उनीहरुको खानेकुरा एकैनासे हुनुहुँदैन । खानेकुरामा विविधता हुनुपर्छ । खानामा वोसो, फाइबर, क्याल्सियम, भिटामिन, आइरन आदिको मात्रा पुग्नुपर्छ । यसका लागि ताजा फलफूल, दुधजन्य परिकार, माछामासु, सागसब्जी, गेडागुडी, झोल पदार्थ सेवन गराउनुपर्छ ।

बच्चालाई के सिकाउने, कसरी सिकाउने ?

बच्चालाई के सिकाउने ? कसरी सिकाउने अभिभावकमा ज्ञान हुनुपर्छ । यस्तो कुरा सिक्नुपर्छ, जसले उनीहरुको जीवनलाई सहज बनाउन सहयोग गर्छ ।

१. बच्चालाई सानैदेखि संस्कार सिकाउँदै लानुपर्छ । संस्कारले मानिसलाई पथभ्रष्ट हुन दिदैन । पितापूर्खाले अंगाल्दै आएको संस्कारमा बच्चालाई पनि अभ्यस्त बनाउँदै लानुपर्छ ।

कसरी बोल्ने, कस्तो व्यवहार गर्ने भन्ने कुरा सानैदेखि अनुभूत गराउनु पर्छ । आफुले मनाउँदै आएको चाडपर्व विधिगत रुपमा कसरी मनाउने र त्यसको सामाजिक, सांस्कृतिक फाइदाबारे पनि बुझाउनु पर्छ ।

२. बच्चालाई सहि समयमा सुताउने, उठाउने, ख्वाउने, शौचालय पठाउने अभ्यास गर्नुपर्छ । घरमा यस्तो तालिका निर्धारण गर्न सकिन्छ, जस अनुरुप बच्चाको दैनिकी तय होस् । राती सहि समयमा सुताउने, उठ्ने समय पनि निर्धारण गरिदिने । ठीक-ठीक समयमा खाने बानी गराउनु पर्छ ।

३. बच्चा सक्षम छ भने उसको सबै काम उसैलाई गर्न छाडिदिनुपर्छ । उसले खेलेको खेलौना आफैलाई मिलाउन दिनुपर्छ । खाना आफै खान दिनुपर्छ । लुगा लगाउन, पुस्तक मिलाएर ब्यागमा राख्न, जुत्ताको लेस बाँध्न, दाँत ब्रस गर्न सबै काम बच्चालाई गर्न दिनुपर्छ । यदि उसले नसकेको आवस्थामा आफुले सहयोग गर्न सकिन्छ । यसले बच्चालाई कर्मशिल, स्वभिमानी बनाउँछ ।

४. चाहे त्यो जतिसुकै सानो काम किन नहोस्, यदि बच्चाले सकारात्मक ढंगले प्रयास गर्छ भने उसलाई प्रोत्साहित गर्नुपर्छ । यसले उनमा आत्मामनोबल त बढ्छ नै, नराम्रो काम गर्नु हुँदैन भन्ने बोध पनि हुन्छ ।

बच्चालाई यसरी बनाउने सक्षम

बच्चामा आत्माविश्वास, नेतृत्व क्षमताको विकास गर्नुपर्छ । घरमै सामन्य ढंगले आफ्नो बच्चाको आत्माविश्वास बढाउन सकिन्छ ।

१. कुनैपनि जिम्मेवारी बच्चाले कुशलतापूर्वक वहन गर्न सक्दैनन् । यद्यपी उनलाई कुनै न कुनै जिम्मेवारी दिनुपर्छ । र, उनीहरुप्रति पूर्ण भरोसा गरेको महसुष पनि गराउनुपर्छ । यसले उनीहरुमा जिम्मेवारी वहन गर्ने बानीको विकास हुन्छ ।

२. आफ्ना अभिभावकको नक्कल गर्दै बच्चाहरु घरायसी काम गर्न खोज्छन् । उनीहरुको यो अभ्यासलाई प्रोत्साहित गर्नु पर्छ । काम गर्न जानेपनि, नजानेपनि स्वतन्त्र छाडिदिनुपर्छ । यसले उनीहरुमा आत्माविश्वास वृद्धि हुन्छ ।

३. सफलतामा रमाउन सजिलो हुन्छ । तर, असफलता सामना गर्न उत्तिकै गाह्रो । अतः बालबालिकालाई असफलताको सामना गर्न समेत सिकाउनु पर्छ ।

४. कहिले कहिं यस्तो परिस्थिती पनि सिर्जना गरिदिनुपर्छ, जसका लागि बच्चा स्वंमले निर्णय लिन सकोस् । यसले उनीहरु सिघ्र र सहि निर्णय लिने क्षमता बिकास हुन्छ । साथै प्रतिकुल परिस्थितीलाई सामना गर्ने क्षमता पनि बढ्छ ।

बच्चालाई के गर्न दिने, किन दिने ?

१. भर्चुअल खेलमा भन्दा बढी आउडडोर गेम खेल्नका लागि प्रोत्साहित गर्नुपर्छ । फूटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन जतिपनि खेल हुन्छन्, त्यसले उनीहरुको शारीरिक सक्रियता बढाउँछ । खुला हावामा खेल्ने अभ्यास स्वास्थ्यको लागि त राम्रो हो नै, यसले उनीहरुको आन्तरिक क्षमता समेत विकास गर्छ ।

२. बच्चलाइ प्रकृति एवं पर्यावरण, हावापानी, रुखपात, खोलानालासँग एकाकार हुन सिकाउनुपर्छ । बनजंगल, डाँडाकाडा, खोलानालाको सौन्दर्यमा रमाउन र त्यसको महत्व बुझ्न पनि प्रेरित गर्नुपर्छ । बच्चालाई घर बगैंचामा काम गराउने, फूल रोप्न लगाउने, सिंचाइ गर्न सिकाउने, करेसाबारीमा सागसब्जी रोप्न, गोड्न लगाउने । जन्मदिनमा बिरुवा रोप्न सिकाउने । यसले उनीहरुलाई प्रकृतिसँग जोड्छ । यावत् क्रियाकलापले बच्चालाई खुसी तुल्याउँछ । उनीहरुमा चिन्ता, तनाव आउन दिदैन । दीर्घकालिन रुपमै यसले फाइदा गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment