+
+
Shares

८ वर्षपछि नबिल बैंकमै फर्किए अनिलकेशरी शाह

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १३ गते २०:४४


१३ पुस, काठमाडौं । अनिलकेशरी शाह ८ वर्षपछि नबिल बैंकमै फर्किने भएका छन् । नबिल बैंकको बोर्ड बैठकले शाहलाई पुनः प्रमख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त गरेको हो ।

उनले ८ वर्षअघि नबिल बैंक छाडेर मेगा  बैंकमा सिईओको जिम्मेवारी सम्हालेका थिए । उनी मेगाबाट सेञ्चुरी बैंकमा जान समहत भएका थिए।

त्यसअनुसार सेन्चुरी बैंको सञ्चालक समितिले निर्णय गरेपनि उनले मासिक रूपमा बुझ्ने भनिएको तलबमा नेपाल राष्ट्र बैंकले असहमति जनाएको थियो ।

यही अवस्थामा बिहीबार शाहलार्इ नबिल बैंकमै फर्किने गरी निर्णय भएको छ । युवाअवस्थामै बैंकको सिईओ बनेका शाह अहिले बैंकर संघको अध्यक्ष पनि हुन् ।

स्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ करिय थालेका शाहले यसअघि ५ वर्ष नबिलमै सिईओको रुपमा काम गरेका थिए । मेगा बैंक नेपालको स्थापना कालदेखि सिइओ रहेका उनी दुई कार्यकाल (८ वर्ष) पूरा गरी सेञ्चुरी बैंक पुगेका थिए ।

तर, अब उनी नबिलमा शशीन जोशीको स्थानमा नियुक्त भएका छन् । राष्ट्र बैंकको नियमअनुसार सिईओले एउटै बैंकमा लगातार दुई कार्यकाल मात्रै काम गर्न पाउाछन् । शाहले भारतको दिल्ली विश्व विद्यालयबाट एमबीए गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?