Comments Add Comment

इजरायली सेनामाथि प्यालेस्टाइनी किशोरीको थप्पड !

इजरायली सेनाका दुई जवान काँधमा बन्दुक अड्याएर उभिइरहेका थिए । त्यहीबेला पछाडिबाट दुई प्यालेस्टाइनी किशोरीहरु आउँछन् ।

तीमध्ये एक हुन् अहद तमीमी । अहद तमीमी सेनाप्रति आक्रोशित हुन्छिन्, ‘बाहिर निस्क, यहाँबाट हट ।’

उनको आक्रोशले इजरायली सैनिकलाई केही असर पर्दैन । तर, अहल तमीमीले हतियारधारी सैनिकको गालामा जोडदार थप्पड हान्छिन् र धकेल्छिन् ।

१७ वर्षीया अहद तमीमीले इजरायली सैनिकलाई यसरी थप्पड हानेको भिडियो १५ डिसेम्बरको हो र यो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । प्यालेस्टिनीहरुले यस भिडियोको ब्यापक शेयर गरेका छन् ।

घटनाको ठीक तीन दिनपछि रातको अध्यारोमा वेष्ट ब्यांकबाट इजरायलका अधिकारीहरुले तमीमीलाई गिरफ्तार गरेका थिए ।

इजरायलले तमीमीबिरुद्ध १२ अभियोग लगाएको छ, जसमा ढुंगा हान्नु वा हमला गर्नु पनि समावेश छ ।

तमीमीको पक्राउपछि थुप्रै स्थानहरुमा उनको रिहाईका लागि प्रदर्शनहरु भएका छन् ।

तमीमीका परिवारले के भने ?

अहद तमीमीका परिवारले यो भनेकोे छ कि उनीहरु कानूनको अधिनमा रहेर प्रदर्शन गरिरहेका थिए । इजरायलका सेनाको भनाई यो छ कि भिडियोमा देखिएका सैनिक जवान ढुंगामुढा रोक्नका लागि त्यहाँ तैनाथ थिए ।

प्यालेस्टाइनका अधिकांश मानिसहरुले तमीमीलाई इजरायलको बिरुद्धमा गरिएको बिरोधको ‘नायक’ मान्छन् ।

अहद तमीमीका अलावा भिडियोमा उनकी बहिनी नूर तमीमी पनि देखिन्छिन् । आइतबार सैनिकका काममा अवरोध गरेको आरोपमा उनलाई पनि पक्राउ गरिएको छ ।

यस भिडियो रेकर्ड गर्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने तमीमीकी आमालाई पनि पक्राउ गरिएको छ । तमीमीका पिताले यो आरोप लगाएका छन् कि इजरायली सेनाले पक्राउ गर्नुअघि आफ्नो घरमा अश्रुग्यास प्रहार गरेका थिए ।

के भन्छ इजरायली सेना ?

इजरायली सेनाले भनेको छ, ‘यो भिडियो त्यस स्थानको हो, जहाँ केहि प्यालेस्टाइनी नागरिक एक घरमा जम्मा भएर सैनिकमाथि ढुंगामुढा गरिरहेका थिए । सैनिकले उनीहरुलाई त्यस घरबाट निकाले र गेटमा ड्युटी बसे ता कि अन्य मानिस घरभित्र छिर्न नपाउन् । त्यसपछि केहि प्यालेस्टाइनी महिलाले सैनिकलाई कुटपिट गर्न थाले ।’

सेनाले भनेको छ कि भिडियोमा देखिएका दुईमध्ये एक जना सैनिक कमाण्डर थिए, जसले कुनै प्रतिक्रिया नदिई निक्कै उत्कृष्ट ढंगले परिस्थितिको नियन्त्रणमा लिए ।

तर, तमीमीका पिताले भने, ‘भिडियोमा भलै सैनिकका व्यवहार दयापूर्ण लागेको थियो । तर, आम रुपमा इजरायली सेना यस्ता हुँदैनन् । मेरी छोरीले जे गरिन् त्यसमा मलाई गर्व छ ।’

२०१५ मा पनि इजरायली सैनिकमाथि आक्रामक बनेकी थिइन् तमीमी

दुई वर्ष पहिला पनि अहद तमीमीको एक भिडियो भाइरल बनोको थियो । त्यस भिडियोमा पनि उनी इजरायली सैनिकको हात दाँतले टोकिरहेको देखिएकी थिइन् ।

त्यतिबेला इजरायली सैनिकले प्यालेस्टाइनी युवालाई समातिरहेका थिए जो सेनामाथि ढुंगा प्रहार गरिरहेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने घोषणा गरेपछि प्यालेस्टाइनमा हिंसाको घटना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment