+
+
Shares

चाँगुनारायणमा १३ किलो गाँजासहित एक जना महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २० गते १७:२०

२० पुस, काठमाडौं । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बाट १३ किलो ५ सय ग्राम गाँजासहित एक जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ३९ वर्षीया पूर्णिमाया तामाङ छिन् ।

घरमा गाँजा संचित गरी बिक्री वितरणको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले घरमा लुकाई राखेको गाँजासहित उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?