+
+

‘द म्यान फ्रम काठमाण्डु’को नेपाल छायांकन सकियो

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २१ गते १३:३५


‘द म्यान फ्रम काठमाण्डु’को नेपाल छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको बाँकी छायांकन भने हलिउड फिल्म उद्योग लस एन्जल्समा हुुने विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल इन्ड कल्यापको अवसरमा निर्माता संस्था ट्रीसिटी पिक्चर्सले मिडियासामु सिनेमाबारे अवगत गरायो । क्यूएफएक्स सिनेमाका प्रमुख समेत रहेका निर्माता नकिम उद्दिनले बाँकी विश्वलाई नेपाली कथा सुनाउन सिनेमा प्रभावकारी हुने दावी गरे ।

पाँच करोड बजेट बताइएको चलचित्रमा संलग्न विदेशी प्राविधिकबाट स्थानिय प्राविधिकले सीप सिकेको र मुलुकको प्रचारप्रसार समेत हुने धारणा उद्दिनको थियो । ‘कागबेनी र सानो संसार’ले थालेको डिजिटल यात्रा ‘द म्यान फ्रम काठमाण्डू’सम्म आइपुग्दा ऐतिहासिक फड्को मारेको उनले बताए ।

भारतीय, पाकिस्तानी र हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी चलचित्रको वितरणमा चासो व्यक्त गरेको उनले जनाए । ‘भारतमा गुल्सन ग्रोवर र पाकिस्तानमा हमिद शेखमार्फत त्यहाँका कम्पनीले चासो देखाएका छन्’ उनले भने, ‘हलिउडमै सुटिङ र पोस्ट प्रोडक्सन हुने भएकाले त्यहाँका कम्पनीले समेत रुचि देखाएका छन् ।’

निर्देशक पेमा धोन्डुपले उद्दिनले निर्माण गरेको ‘कागबेनी’ हेरेपछि टीमअप गर्ने रुचि पलाएको बताए । तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको अनुभव सुनाए ।

यो चलचित्रले अतिवादी इस्लामिक सोच भएको एक हिन्दु-मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । नेपाल आइपुग्दा उसबाट हटेको उक्त अतिवादी सोचको कथा ‘द म्यान प|mम काठमाण्डू’ हो । ‘खासगरि, डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि सिंगो विश्वमा फैलिएको अतिवाद र समकालिन राजनीतिको कथा यसले भन्छ र सान्दर्भिक पनि छ’ निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’

चलचित्रमा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।

कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअल स्टन्ट कोरियोग्राफी चलचित्रमा छ । निर्माता उद्दिनका अनुसार चाँडै चलचित्रको नेपाल रिलिज मिति घोषणा गरिनेछ । विदेशी भाषामा स्वरांकन गरेर विदेशमा रिलिज गर्ने तयारीमा समेत निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?