+
+

खानपानको लागि गरिने यी गल्ती, जसले हामीलाई रोगी बनाउँछ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २२ गते १२:५५

विश्वमा भोकमरी अर्थात खान नपाएर जतिको मृत्यु हुन्छ, त्यो भन्दा कम आँकडा छैन खानपानकै कारण मृत्यु हुनेहरुको । बाँच्नका लागि खाइने खानेकुराले मृत्युको मुखमा पुर्‍याउँछ, जब त्यसलाई सही ढंगले प्रयोग गरिदैन ।

पेट भर्न वा जिब्रोको स्वाद मेट्न ?

खाना खानु भनेको पेट भर्नु मात्र होइन । वा जिब्रोको स्वाद मेट्न मात्र पनि होइन । शरीरलाई आवश्यक उर्जा, शक्ति प्राप्त गर्नका लागि हो । खानेकुराले हाम्रो शरीरलाई चाहिने पोषण प्रदान गर्छ ।

तर, हामी जानेर वा नजानेर यस्तो खानपान गरिरहेका हुन्छौ, जसले स्वास्थ्यमा असर गरिरहेको हुन्छ । भनिन्छ, खान नजानेर धेरै व्यक्ति रोगको शिकार हुन्छन् । हरेक खानाको आफ्नै प्रकृति हुन्छ । त्यसलाई पकाउने वा सेवन गर्ने विधि पनि फरक हुन्छ ।

बिजातिय खानेकुरा

कतिपय खानेकुरा आफैमा गुणी हुन्छ । तर, त्यसलाई अर्को खानासँग मिश्रण गर्दा त्यो विषाक्त बन्छ । त्यसैले कुन खानेकुराको साथमा के खानुहुन्छ भनेर पनि जान्नुपर्छ । शरीरलाई आवश्यक सबै किसिमको पोषणका लागि थरीथरीका खानेकुरा खानुपर्छ । त्यसो भन्दैमा थरीथरीका खानेकुरा एकसाथ खानहुन्छ भन्ने होइन ।

एक पटक भोजन गर्दा धेरै थरी मिश्रणको खानेकुरा पनि गर्न हुँदैन भनिन्छ । त्यसरी मिश्रण गर्दा पाचन प्रणालीमा बोझ पुग्छ । साथै कतिपय अवस्थामा विषाक्त पनि बन्छ । फूड प्वोइजनिङको समस्या त हामीले झेलिरहेकै छौ ।

तर, सन्तुलित हुनुपर्छ

एकैथरी खानेकुराले मात्र शरीरका लागि चाहिने पोषण तत्व आपूर्ति हुन सक्दैन । त्यसका लागि भिन्न भिन्नै प्रकृतिको खानेकुरा खानुपर्छ । कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, आइरन, फाइबर आदि जस्ता तत्व एकै किसिमको खानेकुराबाट प्राप्त हुँदैन । कुनै पोषक तत्वका लागि चामल आवश्यक हुन्छ भने कुनैको लागि सागपात, कुनैको लागि फलफूल आवश्यक हुन्छ भने, कुनैको लागि ड्राइ फ्रुट्स ।

अतः यी खानेकुराहरु दिनभरमा निश्चित तालिका बनाएर सेवन गर्न सकिन्छ । एकसाथ भात, फलफूल, ड्राई फ्रुट्स, ग्रीन टि, सागपात खानुपर्छ भन्ने होइन । दिनभरको खानपान तालिकामा यत्तिका खानेकुरा समेट्न सकिन्छ । यस किसिमको सन्तुलित भोजनले शरीर सधै जवान, निरोगी र तन्दुरुस्त हुन्छ ।

कसरी खानेकुराले रोगी बनाउँछ ?

खानेकुरा खानुको अर्थ हो, स्वस्थ्य हुन । निरोगी हुन । उर्जावान हुन । तर, खानपानको क्रममा गरिने केहि गल्तीले हामीलाई स्वस्थ्य होइन, बरु रोगी बनाउँछ ।

१. धेरैजसोले ग्यासमा खाना पकाउँछन् । चर्को आगो वा रापमा खाना पकाउनु राम्रो मानिदैन । त्यसले खानेकुरामा रहेको पोषण तत्व नष्ट गर्छ ।

रेष्टुरेन्टहरुमा खानेकुरा पकाउने क्रममा यसरी तेल तताउने गरिन्छ, जसबाट धूँवा निस्कन्छ । हेर्दा आकर्षक देखिने यस्ता पाककला स्वास्थ्यका लागि भने अनुकुल हुँदैन ।

२. धेरैजसोले पाकिसकेको खानेकुरालाई पटक पटक तताएर सेवन गर्छन् । अहिले फ्रिजको प्रचलनले त यसलाई झनै बढवा दिएको छ । पाकिसकेको खानेकुरा पुन आगोमा तताउँदा त्यसमा रहेको पौष्टिक तत्व नष्ट हुने मात्र होइन, त्यो विषाक्त बन्छ । अर्थात हामी खानेकुरासँगै विष सेवन गर्न पुग्छौ ।

३. कुनैपनि खानेकुरा डिप फ्राई गरेर सेवन गर्नु भनेको पेटको रोग निम्त्याउनु हो । डिप फ्राइ गरेको खानेकुरा जिब्रोलाई मिठो त लाग्छ, पेटमा गएपछि त्यसले नराम्रो असर गर्छ । अझ पेट सम्बन्धी समस्या भएका, पाचन प्रणाली कमजोर भएका, ग्याष्ट्रिकका रोगी, मधुमेह, उच्च रक्तचापको रोगी, पायल्सका रोगीले यसरी डिप फ्राई गरेको खानेकुरा खानै हुँदैन ।

४. काँचो र पाकेको मासुलाई एउटै प्लेट वा भाँडामा राख्नु हानिकारक हुन्छ । अर्थात मासु वा माछालाई पकाउनुअघि जुन प्लेटमा राखिएको हुन्छ, पकाइसकेपछि पनि सोही प्लेट प्रयोग गरिन्छ । हतारमा वा बेवास्ता गर्दा यस्तो गल्ती हुन्छ । किनभने काँचो मासुमा केहि ब्याक्टेरिया हुन्छ जो सजिलै पकाएको मासुमा सर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?